पोखरा । पोखराको प्रमुख पर्यटकीय आकर्षणमध्ये एक, अन्नपूर्णा केवलकारले यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै हरेक मङ्गलबार विशेष छुटको व्यवस्था गरेको छ । अन्नपूर्णा हिमशृङ्खलाको मनमोहक दृश्यावलोकन गर्दै पवित्र पञ्चमुखी गणेशको दर्शन गर्न सकिने यो केवलकार यात्रा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकबीच निकै लोकप्रिय बन्दै गएको छ ।
कम्पनीका अनुसार, मङ्गलबारको दिनमा नेपाली नागरिकका लागि केवलकार टिकटमा २० प्रतिशत छुट उपलब्ध हुनेछ। साथै, यात्रुहरूले सेदीबगरदेखि केवलकार स्टेशनसम्म सहज आवागमनका लागि निःशुल्क बस सेवाको सुविधा पनि पाउने छन् । यसले धार्मिक आस्था र प्राकृतिक सौन्दर्य दुबैको अनुभव गर्न चाहने यात्रुहरूलाई थप आकर्षित गर्ने विश्वास लिइएको छ ।
अन्नपूर्ण केवलकार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालनमा रहनेछ । यस अवधिमा यात्रुहरूले केवलकारमार्फत मनमोहक दृश्य, प्राकृतिक वातावरणको आनन्द तथा पञ्चमुखी गणेशको दर्शनको अवसर प्राप्त गर्न सक्नेछन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


