Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

धनुषाको गोदारमा अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा सेवाकेन्द्रको निर्माण, कृषिमन्त्री अधिकारी द्वारा उदघाटन


ग्लोबल पाना
बुधबार, भदौ ४ २०८२
  • 373
    SHARES

  • images
    धनुषाको गोदारमा अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा सेवाकेन्द्रको निर्माण, कृषिमन्त्री अधिकारी द्वारा उदघाटन

    काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धनुषाको गणेशमान चारनाथ नगरपालिका स्थित गोदारमा निर्माण भएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको बुधवार उदघाटन गर्नु भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उधम तथा आर्थिक विकास आयोजना (REED) ले निर्माण गरेको उक्त भवन नगरपालीकालाई हस्तान्तरण गरिएको छ ।

    images
    images
    images

    कार्यक्रममा मन्त्री अधिकारीले किसानले आफ्नै घरमा सेवा पाउने गरि सरकारले काम गरिरहेको बताउनुभयो । हाम्रै गाउँ घरमा किसानलाई आवश्यक सल्लाह, कृषि बाली र पशुपन्छीमा लागेका रोग र समस्याको निधान गर्न आवस्यक छ, मन्त्री अधिकारीले भन्नुभयो । उहाँले मन्त्रालयले आफ्ना विभिन्न निकाय मार्फत आम किसानको घर दैलोमै सेवा दिन आईरहेकाले किसानलाई यस्को लाभ लिन आग्रह गर्नुभयो ।

    विभिन्न पालिकामा यस् आयोजना मार्फत अत्याधुनीक सेवा सहितका कृषि भवनहरु निर्माण भएकाले पालिकाहरुले पनि यस्को प्रभाकारी संचालनका लागि ध्यान दिन जरुरी रहेको छ ,मन्त्री अधिकारीले भन्नुभयो । कार्यक्रममा पुर्ब कृषि मन्त्री रामकृष्ण यादबले किसानहरुलाई सरकारले बढि भन्दा बढी सहजीकरण गर्न आवश्यक रहेको वताउनुभयो ।

    त्यस्तै पुर्व रक्षामन्त्री हरिप्रसाद उप्रेतीले कृषिको बजारीकरणमा पनि सरकारले प्राथमिकता दिनु पर्ने बताउनुभयो । नगर प्रमुख जित नारायण यादबले अत्याधुनिक ल्याब सहितको सेवा केन्द्रको संचालनले कृषि र पशुमा देखिने समस्या समाधान गर्न सहज हुने बताउनुभयो । आयोजनाका निर्देशक एवं सहसचिव डा. चन्द्र रिसालले केन्द्रको संचालमा पालिकाको भुमिका महत्त्वपूर्ण हुने भएकाले यसलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।

    २ करोड ३३ लाख रुपैयाँ लागतमा बनेको अत्याधुनिक प्रयोगशाला सहितको भवनमा माटो परिक्षण देखि कृषि र पशुलाई आवश्यक पर्ने भेट्नरी लगायतका सेवा केन्द्र मार्फत उपलब्ध हुने आयोजनाको आर्थिक करिडोर, महोत्तरीका प्रमुख राजेश साहले जानकारी दिनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ