Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

हिमाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका बौद्धिक र अनुभवी व्यक्तित्व कुल बहादुर गुरुङ, एनएमएको नेतृत्वमा विजयी हुने विश्वाससहित मतदातासँग


ग्लोबल पाना
बुधबार, भदौ ४ २०८२
  • 448
    SHARES

  • images
    हिमाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका बौद्धिक र अनुभवी व्यक्तित्व कुल बहादुर गुरुङ, एनएमएको नेतृत्वमा विजयी हुने विश्वाससहित मतदातासँग

    काठमाडौं । ‘हिमाल हाम्रो गौरव नेतृत्व हाम्रो पहिचान ! सशक्त संघ दिगो पर्वतीय पर्यटन !’, नारा लिएर चुनावी मैदानमा उत्रिएको नेपाल पर्वतारोहण संघ(एनएमए)को निर्वाचनका लागि कुल बहादुर गुरुङ समूहले भव्य कार्यक्रम गरेको छ । चुनावको पूर्वसन्ध्यामा गुरुङ समूहले गैरीधारास्थित एलिस रिसेप्सनमा मतको अपिल गर्दै कार्यक्रम गरेको थियो ।

    images
    images
    images

    कार्यक्रममा गुरुङले आफ्नो समूहलाई मतदाताले सहयोग गर्ने निश्चित भएकाले चुनाव पनि आफ्नै समूहले जित्ने निश्चित भएको बताएका थिए । उनले आफ्नो समूहमा पर्यटन क्षेत्रमा लामो समयदेखि रहेर काम गरेका अनुभवी र सक्षम व्यक्ति उम्मेदवार भएको भन्दै कार्यक्रममा सबै उम्मेदवारहरुको बारेमा छोटकरीमा परिचित गराएका थिए । त्यस्तै, गुरुङ समूहको नेतृत्वमा तयार भएको आरोही, समावेशी र व्यवसायी उम्मेदवारहरु समेतले आफूहरुलाई मतदान गर्न उपस्थित मतदाताहरुलाई आग्रह गरेका थिए ।

    नेपालको पर्वतीय पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन सफल गुरुङ सन् १९९२ देखि पर्यटन क्षेत्रमा क्रियाशील छन् । एनएमएको महासचिव भएर काम गरिसकेका गुरुङ ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)मा उपाध्यक्ष भएर काम गरिसकेका व्यक्ति हुन् । विश्व पर्वतारोहण महासंघलगायत अन्य थुप्रै पर्यटन संस्थाहरूमा समेत संलग्न गुरुङको परिचय व्यवसायीको रुपमा मात्र सिमित छैन, उनी बौद्धिक एवं प्राज्ञिक व्यक्तित्वको रुपमा पनि परिचित छन् ।

    नेपालको पर्वतीय पर्यटनको विषयमा मलेसियाको लिङ्कन विश्वविद्यालयबाट विद्यावारिधि गर्दै गरेका गुरुङ शिक्षण, प्रशिक्षण तथा तालिमकर्ता पनि हुन् । उनी किवानियन र रोटरियन पनि हुन् । किवानेश इन्टरनेशनल नेपालको नेपालभरिकै एक मात्र मास्टर ट्रेनर गुरुङले पब्लिक स्पिकिङ, मोटिभेशनल स्पिकर, इन्स्पिरेशनल स्पिकर तथा लाइफ कोचको रुपमा पनि काम गर्दै आएका छन् ।

    गुरुङले पर्वतीय पर्यटन क्षेत्रको विकासको लागि सुत्रबद्ध रुपमा एजेन्डाहरुलाई अगाडी सारेका छन् । उनले पर्वतीय पर्यटनको लागि ८ वटा अङ्ग्रेजी अक्षर ‘एम’लाई मूल मन्त्र बनाएका छन् । आठवटा ‘एम’मार्फत माउन्टेन, माउन्टेन इन्भाइरोमेन्ट, माउन्टेन पिपुल, माउन्टेन कल्चर, माउन्टेन हेरिटेज, माउन्टेनियरिङ अपरेटर्स, माउन्टेनर्स, माउन्टेन वर्कर्सलाई समेटेर अगाडि बढ्ने उनको सोच छ ।

    साथै, संघलाई विश्वकै उत्कृष्ट माउन्टेन रिसर्च सेन्टरको रुपमा विकास गर्ने मुख्य लक्ष्य लिएका गुरुङले माउन्टेन टुरिजममा देखिएका समस्यालाई सिंहदरबारसम्म पुर्याउन ‘बेसक्याम्प टु सिंहदरबार’ को अवधारणालाई अगाडि सारेका छन् । अध्यक्षका उम्मेदवार गुरुङ समूहबाट संघको वरिष्ठ उपाध्यक्षमा टिकाराम गुरुङ, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबु शेर्पा, द्वितीय उपाध्यक्षमा धन बहादुर गुरुङ, महासचिवमा विमल कुमार नहर्की, सचिवमा ङिमा दिकी शेर्पा, कोषाध्यक्षमा सुमी लामाले उम्मेदवारी घोषणा गरेका छन् ।

    त्यस्तै, सदस्यहरुमा पुष्कर शाह, बल बहादुर सुयाल, हरि गोपाल प्रधान, माधव प्रसाद पाण्डे, दिकी शेर्पा, सुदाश लामा, लाल बहादुर जिरेल, नुर्वु छिरिङ शेर्पा लामा, पासाङ शेर्पा, गीता राई र अशोक कुमार तामाङले उम्मेदवारी घोषणा गरेका छन् । एनएमएको चुनाव यही भदौ ७ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ । एनएमएको नयाँ कार्यसमिति चयनका लागि यतिबेला गुरुङ समूह र अर्का अध्यक्षका प्रत्याशी फुर गेल्जे शेर्पा समूह गरी दुई वटा समूह चुनावी मैदानमा छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ