Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

जनताको भावना अनुरूप नै मुलुकको विकासकालागि वर्तमान स्थायी सरकार बनेको हो: मन्त्री खड्का


ग्लोबल पाना
बिहीबार , भदौ ५ २०८२
  • 260
    SHARES

  • images
    जनताको भावना अनुरूप नै मुलुकको विकासकालागि वर्तमान स्थायी सरकार बनेको हो: मन्त्री खड्का

    लहान । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले स्व. प्रदीप गिरीको योगदानकालागि इतिहासले सदैव सम्मानका साथ स्मरण गर्ने बताउनु भएको छ। सामाजवादी चिन्तक र नेपाली काँग्रेसका नेता स्व. प्रदीप गिरीको तेस्रो स्मृति दिवसका अवसरमा बिहिबार लहानमा आयोजित स्मृति दिवसमा बोल्नु हुँदै मन्त्री खड्काले सो कुरा बताउनु भएको हो ।

    images
    images
    images

    स्व. गिरीलाई स्मरण गर्नु हुँदै मन्त्री खड्काले भन्नुभयो, " स्व. प्रदीप गिरी सबै पार्टीका नेता हुनुहुन्थ्यो, जसले मुलुकको प्रगतिको लागि ठूलो योगदान पुर्याउनुभएको थियो।" उनले प्रदीप गिरीको दृष्टिकोण र कार्यक्षेत्रलाई स्मरण गर्दै थपे, "विपी कोइरालाको विचारसँग प्रभावित भएर उहाँ स्थापित भएका थिए। वहाँको अभाव आज पनि मुलुकमा खड्कीको रूपमा खडा छ।" मन्त्री खड्काले प्रदीप गिरीको योगदानलाई मुलुकका लागि अमूल्य भन्दै, "नेपाली जनतालाई रैतिबाट जनता बनाउन स्व. प्रदीप गिरीको ठूलो योगदान थियो," भने। वर्तमान सरकारको संरचना र उद्देश्यमाथि कुरा गर्दै मन्त्री खड्काले भने, "तथ्यको आधारमा, स्थायी सरकार नबनेसम्म मुलुकको विकास असम्भव छ ।

    जनताको चाहनामा आधारित वर्तमान सरकार गठन गरिएको हो र यो सरकार आगामी निर्वाचनसम्म दुई दलकै बीचमा सञ्चालित हुनेछ।" उनले सरकारको प्राथमिकता जनताको समस्याहरूको समाधानमा केन्द्रित रहेको पनि बताए। सिंचाई र कृषिमा महत्वपूर्ण कदमहरूका बारेमा मन्तव्य राख्दै, मन्त्री खड्काले मधेश प्रदेशको वडा स्तरीय दाता संकलनको पहल र सिंचाई व्यवस्थापनको लागि सरकारले ठोस कदम उठाइरहेको जानकारी दिए ।

    "हामी पहाडी भेगमा विद्युत उत्पादन गर्न सक्षम छौँ, तर यसको निर्यात र उपभोगका लागि तराईबाट नै मार्ग छ," मन्त्री खड्काले भने। कार्यक्रममा प्रमुख अतिथि डा. शशांक कोइराला, विशिष्ट अतिथिहरू गुरु बराल, उर्मिला थपलिया, मधेश प्रदेश पार्टी सभापति कृष्ण यादव, सिरहा जिल्ला सभापति रामचन्द्र यादव लगायतका नेताहरूले स्व. प्रदीप गिरीको योगदान र व्यक्तित्वको बारेमा चर्चा गर्दै श्रद्धाञ्जली अर्पण गरे। कार्यक्रमको सभापतित्व नेपाली कांग्रेसका लहान नगरसभापति संजय यादवले गर्नु भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ