Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

जनसवाल राष्ट्रिय दैनिकको १९ औँ वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न


ग्लोबल पाना
शुक्रबार, भदौ ६ २०८२
  • 293
    SHARES

  • images
    जनसवाल राष्ट्रिय दैनिकको १९ औँ वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न

    काठमाडौं । जनसवाल पब्लिकेशन प्रालिद्वारा प्रकाशित ‘जनसवाल राष्ट्रिय दैनिक’को १९ औँ वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । जनसवालका शभेच्छुकहरुको सहभागितामा विहीवार राजधानीको भिनोलिभा रेस्टुरेन्टमा एक कार्यक्रमका बीच वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको हो ।

    images
    images
    images

    वार्षिकोत्सव कार्यक्रममा एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्य, मिडिया एलाईन्स एबम एभिन्युज टेलिभिजनका अध्यक्ष भास्कर राज कर्णिकार, एनआरएनएका कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगाना, एनआरएनए युवा संयोजक भिमसेन थापा, एनआरएनए मध्यपूर्व संयोजक रमेश श्रेष्ठ, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन गुरुङ, नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष खिलाबहादुर भण्डारी, पुर्व लेखा समितिका संयोजक लेखनाथ न्यौपानेको उपस्थिति थियो ।

    यसैगरी कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे,बिज्ञापन एशोसियसन नेपाल आनका महासचिव कृष्ण घिमिरे, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश अध्यक्ष टेनिस रोका, नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका अध्यक्ष सोभा अर्याल,पुर्व अध्यक्ष सूर्य सुवेदी,नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरी कार्की, वैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष उद्धव भट्टराई, व्यवसायी दिनेश पौडेल,श्रवण दाहाल,मित्रबाबु पौडेल, ईश्वर सापकोटा, सन्तोष कोइराला,विनोद सापकोटा, जीवनकुमार केसी, मुकुन्द भट्टराई, पत्रकारहरू सरोज ओझा, राजकुमार सिग्देल, अनिल अधिकारी, आशिष ज्ञवाली, दीपक पुडासैनी, सन्जीव शुभचिन्तक लगायतको सहभागिता रहेको थियो ।

    जनसवाल पब्लिकेसनका अध्यक्ष तथा जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगालेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहभागीहरूले वर्तमान अवस्थामा प्रिन्ट मिडिया संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको बेला जनसवालले निरन्तर १९ वर्ष पार गर्नु महत्वपूर्ण भएको बताउँदै आगामी दिनमा थप प्रगतिको कामना गरे ।

    यस्तै जनपक्षीय पत्रकारिताका साथै एनआरएनए र विदेशमा रहेका नेपालीको विषयलाई महत्वका साथ जनसवालले उठाइरहेको उल्लेख गर्दै उनीहरूले आगामी दिनमा थप सशक्त भएर जान शुभकामना दिए । यसैगरी एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्यले एनआरएनएको हरेक अभियानमा जनसवालले अग्रस्थानमा रहेर समाचार सम्प्रेषण गरेको भन्दै यसका सम्पादक बगाले प्रवासका नेपालीहरूको सुख दुखको सारथी बनेको उल्लेख गरे । उनले प्रवासका विषयमा थप उजागर गर्दै अघि बढ्न समेत शुभकामना दिए ।

    मिडिया एलाईन्सका अध्यक्ष भास्करराज कर्णिकारले पत्रकारिताको माध्यमबाट आर्थिक क्षेत्रको समग्र विषय जनसवालले उठान गरिरहेको भन्दै अर्थतन्त्रलाई सकारात्मक दिशामा डोहोरयाउन पत्रकारिताको महत्वपूर्ण भूमिका रहने बताए । उनले १९ वर्षसम्म प्रिन्ट मिडिया सञ्चालन गर्न सफल भएकोमा शुभकामना दिँदै आगामी दिनमा थप सफलताको शुभकामना दिए । यस्तै पत्रकार महासंघका पूर्वउपाध्यक्ष खिलबहादुर भण्डारीले विदेशमा बस्ने साथीहरूको समाचारलाई जनसवालले जसरी प्राथमिकता दिएको छ, यस कामलाई निरन्तर अघि बढाउन सुझाव दिँदै थप सफलताको शुभकामना दिए ।

    उनले प्रिन्ट मिडियाको पनि भविष्य रहेको भन्ने उदाहरण जनसवालले पेस गरिरहेको समेत बताए । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले जनसवालको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना दिए । सो अवसरमा सम्पादक बगालेले जनसवाललाई अहिलेको अवस्थामा ल्याइपुर्याउन सहयोग गर्ने शुभेच्छुक, विज्ञापनदाता, गैर आवासीय नेपाली र सबै पाठकप्रति हार्दिक आभार प्रकट गरे ।

    उनले आगामी दिनमा पत्रिका थप सशक्त ढंगले आउने पनि उनले बताए । कार्यक्रममा जनसवालका पत्रकार , कर्मचारी र ठूलो संख्यामा शुभेच्छुकको उपस्थिति रहेको थियो । सो अवसरमा वार्षिकोत्सवको खुसीयालीमा केक काटिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ