काठमाडौं । सांसद अब्दुल खाँले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने निर्णय वा प्रयास जनताको भावना विपरीत रहेको बताएका छन्। संसदमा बोल्दै सांसद खाँले भने, “बाँके र बर्दियाली जनताको अधिकार र भावना अनदेखा गरेर यस्तो निर्णय गर्नु उचित छैन ।
कुनै पनि प्रशासनिक निर्णय अघि बढाउँदा स्थानीय जनताको हित र भावनालाई केन्द्रमा राख्नैपर्छ ।” उनले सरकारसँग आग्रह गर्दै प्रदेश पुनर्संरचनामा स्थानीय जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए। साथै, जनमत विपरीत कुनै निर्णय नगर्ने ग्यारेन्टी गर्नुपर्ने बताएका छन् ।
यसैबीच, राजनीतिक विश्लेषक र विज्ञहरूले पनि बाँके–बर्दियालाई कर्णाली प्रदेशमा जोड्ने प्रस्तावले स्थानीय स्तरमा असन्तोष र क्षेत्रीय तनाव निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


