काठमाडौं । केन्द्रीय दुग्ध सहकारी संघले दुग्ध उत्पादक किसानको हितमा शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा गर्दै सरकारले तत्काल समाधान खोज्नुपर्ने चेतावनी दिएको छ । संघले शुक्रबार बानेश्वरस्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै किसानको श्रमको मूल्य र सम्मान सुनिश्चित नभएसम्म संघर्ष जारी रहने जनाएको हो ।
संघका प्रमुख मागहरूमा दुधको न्यूनतम समर्थन मूल्य तोक्ने, संकलन–प्रशोधन–वितरण प्रक्रियामा पारदर्शिता र उचित भुक्तानी सुनिश्चित गर्ने, किसानलाई समयमा भुक्तानी गर्ने बाध्यकारी व्यवस्था गर्ने, सहकारीमाथिको अत्याधिक कर तथा प्रशासनिक दबाब हटाउने, दुधजन्य पदार्थ आयात नियन्त्रण गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने तथा सरकारसँगको वार्तामा संघलाई औपचारिक प्रतिनिधित्वको अधिकार दिने रहेका छन् ।
संघले आन्दोलनको पहिलो चरणमा चेतावनीस्वरूप धर्ना र विरोध प्रदर्शन गर्ने बताउँदै माग सम्बोधन नभए देशव्यापी आन्दोलन र दुध आपूर्ति अवरोधसम्म गर्ने चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष अमर कुँवरले अध्यक्षता गरेका थिए भने महासचिव राम आचार्यले सञ्चालन गरेका थिए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


