काठमाडौं । केन्द्रीय दुग्ध सहकारी संघले दुग्ध उत्पादक किसानको हितमा शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा गर्दै सरकारले तत्काल समाधान खोज्नुपर्ने चेतावनी दिएको छ । शुक्रबार बानेश्वरस्थित केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष अमर कुँवरले अध्यक्षता गर्दै आन्दोलनको कारण र उद्देश्यबारे विस्तृत धारणा राखे ।
उनले किसानको श्रम र अधिकारको अवमूल्यन भइरहेको भन्दै कडा चेतावनी दिए । कुँवरले भने, “दूध उत्पादन गर्ने किसान हाम्रो मेरुदण्ड हुन् । किसानलाई न्यूनतम समर्थन मूल्य नदिने, समयमा भुक्तानी नगर्ने र प्रशासनिक कर–दबाब थोपर्ने कार्य अब सह्य हुने छैन । सरकार गम्भीर नभए बाध्य भएर देशव्यापी आन्दोलन र दुध आपूर्ति अवरोधसम्म जान्छौं ।”
पत्रकार सम्मेलनमा महासचिव राम आचार्यले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै किसानका मागलाई सरकार तुरुन्त सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भने, किसानलाई समयमा उचित मूल्य र भुक्तानी सुनिश्चित नगरी कुनै पनि सहकारी र दुग्ध उद्योग दीगो बन्न सक्दैन । हामी सरकारसँग संवादमै समस्या समाधान चाहन्छौं, तर बेवास्ता भए चरणबद्ध संघर्ष अवश्य हुनेछ ।
संघले सार्वजनिक गरेको मागमा दुधको न्यूनतम समर्थन मूल्य तोक्ने, संकलन–प्रशोधन–वितरण प्रक्रियामा पारदर्शिता र उचित भुक्तानी सुनिश्चित गर्ने, किसानलाई समयमा भुक्तानी गर्ने बाध्यकारी व्यवस्था गर्ने, सहकारीमाथिको अत्याधिक कर तथा प्रशासनिक दबाब हटाउने, दुधजन्य पदार्थ आयात नियन्त्रण गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने तथा सरकारसँगको वार्तामा संघलाई औपचारिक प्रतिनिधित्वको अधिकार दिने रहेका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


