Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

रोल्पालि चेली फाउन्डेसन यमुना के सिको तिज काे दर कार्यक्रम सम्पन्न


ग्लोबल पाना
शुक्रबार, भदौ ६ २०८२
  • 1,131
    SHARES

  • images
    रोल्पालि चेली फाउन्डेसन यमुना के सिको  तिज काे दर  कार्यक्रम सम्पन्न

    काठमाडौं । राेल्पालि चेली फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको विशेष सांस्कृतिक तथा सामाजिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका पदाधिकारी, समाजसेवी, राजनीतिक एवं व्यावसायिक क्षेत्रमा सक्रिय व्यक्तित्वहरू तथा विभिन्न संघ–संगठनका प्रतिनिधिहरूको उपस्थितिले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो ।

    images
    images
    images

    कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूलाई सम्मानपूर्वक स्वागत गरियो । स्वागत मन्तव्यमा संस्थाले महिला सशक्तिकरण, शिक्षा, स्वास्थ्य, संस्कृतिको संरक्षण र सामाजिक एकताको लागि फाउन्डेसनले निरन्तर काम गर्दै आएको जानकारी दिइयो। यस अवसरमा वक्ताहरूले नेपालमा महिलाको योगदान, समाजपरिवर्तनमा उनीहरूको भूमिका र आगामी दिनमा रोल्पालि चेली फाउन्डेसनले निर्वाह गर्ने दायित्वबारे प्रकाश पारे ।

    कार्यक्रमलाई तीज पर्वसँगै जोडेर सांगीतिक तथा सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो । सहभागीहरूले तीजलाई महिलाको एकता, आनन्द र संस्कृतिको प्रतीकका रूपमा आत्मसात् गर्दै गीत–संगीतमार्फत आपसी सद्भाव र आत्मीयता सुदृढ गर्ने सन्देश दिएका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ