Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

सरकार स्थिर छ, समृद्धिको यात्रामा सबै दल एकजुट होऔँ : मन्त्री खड्का


ग्लोबल पाना
शनिबार, भदौ ७ २०८२
  • 427
    SHARES

  • images
    सरकार स्थिर छ, समृद्धिको यात्रामा सबै दल एकजुट होऔँ : मन्त्री खड्का

    खाँदबारी, संखुवासभा । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपपक खड्काले शनिबार संखुवासभामा पत्रकारहरूसँगको भेटघाटमा जनचाहना अनुसार स्थिर सरकार निर्माण भएकोले सरकार बाहिर बसेका दलहरूलाई अनावश्यक टिका-टिप्पणी गरेर समय खेर नफाली समृद्धिको यात्रामा सहभागी हुन आह्वान गर्नु भएको छ ।

    images
    images
    images

    नेपाल प्रेस युनियन संखुवासभाले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले ठूला राजनीतिक दलहरूलाई देश र जनताको हितप्रति जिम्मेवार बन्न आग्रह गर्दै कानूनी अवरोधहरूलाई समयानुकूल परिमार्जन गर्दै सरकार सुशासन, तीव्र विकास निर्माण र आर्थिक उन्नतिका लागि अघि बढिरहेको स्पष्ट पार्नुभयो। पत्रकारहरूले सोधेका प्रश्नहरूको जवाफ दिंदै मन्त्री खड्काले झुठा र नकारात्मक प्रचारमार्फत विकास अवरुद्ध गर्ने प्रवृत्तिलाई त्याग्न सबैलाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “धमिलो पानीमा माछा मार्ने कामले देशलाई पछि धकेल्छ, त्यसैले ठूला वा साना सबै दलहरू जिम्मेवार बनेर देशलाई समृद्धिको बाटोतर्फ अघि बढाउन आवश्यक छ ।”

    संखुवासभा जिल्लाको सन्दर्भमा उहाँले योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने सरकारको निर्णयले पहाडी जिल्लामा शैक्षिक विकासको नयाँ सन्देश दिएको उल्लेख गर्नुभयो। यसैगरी, संखुवासभा अन्तरदेशीय त्रिदेशीय मार्गको सामरिक महत्व औंल्याउँदै यसले नेपालको समृद्धिमा मात्र होइन, त्रिदेशीय सम्बन्ध विस्तारमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

    मन्त्री खड्काले किमानथाङ नाका छिट्टै सञ्चालनमा ल्याउन सरकार लागिपरेको र अरुण तेस्रो जलविद्युत आयोजना सम्पन्न हुने चरणमा पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार, १०६३ मेगावाट क्षमताको आयोजना निर्माणको तयारी भइरहेको छ, जुन देशकै ठूलो आयोजनामध्ये एक हो र यसले राष्ट्रिय ऊर्जा उत्पादनमा क्रान्तिकारी योगदान पुर्‍याउनेछ ।

    प्राकृतिक स्रोतहरू वायु, पानी र सौर्यमाथि प्रत्येक नागरिकको अधिकार रहेको स्मरण गराउँदै मन्त्री खड्काले सरकारले विपन्न वर्गलाई बिना धितो पाँच लाखसम्मको साहुलियत ऋण उपलब्ध गराउने योजना अघि सारेको जनाउनुभयो। यसले उनीहरूलाई समेटेर राष्ट्रसँगै समृद्धिको बाटोतर्फ अघि बढाउने यात्रा आरम्भ भएको उहाँको भनाइ थियो। मन्त्री खड्काले भन्नुभयो, " गरीबीको रेखामुनि रहेका नागरिक पनि समृद्ध हुनेछन् भने मुलुक समृद्धि तर्फ अघि बढ्नेछ ।

    विकास र समृद्धि सबैको चाहना भएकाले सबै दल एकै ठाउँमा आएर राष्ट्रलाई समृद्ध बनाउन योगदान गर्नुपर्नेछ ।”

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ