Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

तीजले नेपाली समाजको सांस्कृतिक पहिचानलाई जोड्दै लगेको छः ऊर्जामन्त्री खड्का


ग्लोबल पाना
आइतबार, भदौ ८ २०८२
  • 424
    SHARES

  • images
    तीजले नेपाली समाजको सांस्कृतिक पहिचानलाई जोड्दै लगेको छः ऊर्जामन्त्री खड्का

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले नेपाली समाजको मौलिकता र सांस्कृतिक अस्तित्व जोगाउने जिम्मेवारी सबैको काँधमा रहेको बताउनुभएको छ। नेपाल विद्यार्थी संघ, पशुपति बहुमुखी क्याम्पस इकाई समितिले आयोजना गरेको ‘हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज’ को अवसरमा आयोजित बृहत् सांस्कृतिक तथा दर खाने कार्यक्रममा मन्त्री खड्काले तीजलाई केवल महिलाको पर्व नभई समाजलाई अनुशासित, मर्यादित र आस्थासँग जोड्ने माध्यमका रूपमा लिनुपर्ने बताउनुभएको हो ।

    images
    images
    images

    मन्त्री खड्काले भन्नुभयो, “कुनै धातु तरल अवस्थामा रहँदा जसरी पाइएको फ्रेमअनुसार आकार लिन्छ, विद्यार्थी पनि आजको दिनमा आफैंलाई जसरी तयार गर्छन्, त्यसरी नै भविष्य निर्माण हुन्छ। त्यसैले धर्म, संस्कृति र समाजको रक्षा गर्दै योग्य नागरिक बन्नु तपाईँहरूको जिम्मेवारी हो। तीज अब दाजुभाइ, आमा–दीदी–बहिनी सबैले मिलेर मनाउने साझा पर्वको रूपमा स्थापित हुँदै गएको छ ।”

    कार्यक्रममा योगमाया आयुर्वेद विश्वविद्यालयका उपकुलपति डा. रमेश ढुंगेलले तीजजस्ता सांस्कृतिक पर्वहरूले नेपाललाई विश्वमञ्चमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “हाम्रा पर्वहरूले राष्ट्रिय पहिचानलाई निरन्तरता दिने मात्र होइन, विविधतामूलक संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने अवसर पनि प्रदान गर्छन् ।”

    क्याम्पस इकाई समितिका अध्यक्ष सरोज लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ता गीता गुरुङले तीजलाई सबै जातजाति र भाषा–भाषीबीच साझा पर्वका रूपमा विस्तार हुँदै गएको बताउँदै महिलाहरूलाई अझै पनि आसन, भाषण र शासनमा उचित स्थान नपाएकोमा चिन्ता व्यक्त गर्नुभयो । क्याम्पस प्रमुख विनोद पन्तले विद्यार्थीहरूलाई सांस्कृतिक चेतना, अनुशासन र ज्ञानसँगै अगाडि बढ्न आग्रह गर्नुभयो। कार्यक्रममा नृत्य, गीत तथा दर खाने सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो ।

    सहभागीहरूले तीजलाई महिला सशक्तिकरण मात्र नभई सामाजिक सद्भाव र सहकार्यको पर्वका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ