Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

समाजसेवा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएकी डा. पन्थी अन्तर्राष्ट्रिय स्तरमा सम्मानित


ग्लोबल पाना
आइतबार, भदौ ८ २०८२
  • 1,594
    SHARES

  • images
    समाजसेवा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएकी डा. पन्थी अन्तर्राष्ट्रिय स्तरमा सम्मानित

    काठमाडौं । लम्जुङमा जन्मिएकी समाजसेवी तथा स्वास्थ्यकर्मी डा. लक्ष्मी पन्थीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान “अन्तर्राष्ट्रिय आइकन अवार्ड–२०२५” प्रदान गरिएको छ । हेल्थकेयर अवार्ड्स अन्तर्गत उक्त सम्मान ABM र Abha Foundation ले आयोजना गरेको कार्यक्रममा प्रदान गरिएको हो ।

    images
    images
    images

    नेपाली समाजप्रति निरन्तर समर्पित हुँदै आउनुभएका डा. पन्थी सामाजिक अभियन्ता मात्र नभई स्वास्थ्य क्षेत्रमा पनि सक्रिय योगदानकर्ताका रूपमा परिचित हुनुहुन्छ । उहाँले महिला, बालबालिका, विपन्न तथा वञ्चित समुदायको हकहितमा निरन्तर काम गर्दै आउनुभएको छ । विनम्र बोली, सरल स्वभाव र निस्वार्थ सेवाभावका कारण डा. पन्थी समाजमा सकारात्मक नेतृत्वको प्रतीकका रूपमा स्थापित हुनुभएको छ ।

    पुरस्कार ग्रहण गर्दै उहाँले भन्नुभयो, नेपाली समाजमा मैले गरेको योगदानलाई मूल्याङ्कन गर्दै यो सम्मान दिनु भएकोमा आयोजक संस्थाप्रति हार्दिक धन्यवाद व्यक्त गर्छु। यो अवार्ड मेरो व्यक्तिगत मात्र होइन, समग्र नेपाली समाजको नाममा प्राप्त भएको सम्मान हो । यसले मलाई अझ जिम्मेवार र प्रेरित बनाएको छ ।

    डा. पन्थीले लामो समयदेखि स्वास्थ्य क्षेत्र सुधार, सामाजिक सचेतना अभिवृद्धि, महिला सशक्तीकरण तथा मानवता केन्द्रित अभियानहरूमा सक्रियता देखाउँदै आउनुभएको छ । उहाँको योगदानलाई उच्च मूल्याङ्कन गर्दै अन्तर्राष्ट्रिय स्तरमा गरिएको सम्मानले नेपाली समाजलाई गर्वको अनुभूति दिलाएको सहभागीहरूले बताएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ