Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

युवा व्यवसायी आकृति कुँवरद्धारा १२ करोड लगानीमा बैँकेट सञ्चालन, दर्जनौँलाई रोजगारी


ग्लोबल पाना
आइतबार, भदौ ८ २०८२
  • 364
    SHARES

  • images
    युवा व्यवसायी आकृति कुँवरद्धारा १२ करोड लगानीमा बैँकेट सञ्चालन, दर्जनौँलाई रोजगारी

    काठमाडौं । कामको खोजीमा दैनिक सयौँ युवाहरु विदेशीरहेको कहालीलाग्दो अवस्थामा युवा व्यवसायी आकृति कुँवरले भने विदेशमा सीकेको ज्ञान, सीपलाई स्वदेशमा प्रयोग गर्नुभएको छ ।

    images
    images
    images

    स्वीजरल्याण्डको लेस रोसेस विश्वविद्यालयबाट उद्यमशीलतासहित होटल व्यवस्थापनमा स्नातक र लण्डनबाट रियलस्टेट, फाइनान्स र होटल तथा पर्यटन विकासमा स्नातकोत्तर हाँसिल गर्नुभएकी २४ वर्षीय कुँवरले काठमाडौँको राष्ट्रिय बसपार्क नयाँबसपार्कमा १२ करोड लगानी गरेर एस बैँकट सञ्चालनमा ल्याउनुभएको हो ।

    काठमाडौँ महानगरपालिका वडा नं २६ नयाँबसपार्कस्थित लोत्से मलमा सञ्चालनमा ल्याइएको उक्त बैङ्कटको शुक्रबार साँझ जेष्ठ नागरिक शम्भुमानसिंह कुँवर र सञ्चालक आकृति कुँवरले संयुक्त रुपमा शुभारम्भ गर्नुभयो । युवा व्यवसायी कुँवरले २३ हजार स्वायर फिटमा तीनवटा बैँकट हल सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।

    उक्त बैँकट हलभित्र सगरमाथा, माछापुच्छेँ र धौलागिरी गरी तीन हलहरु रहेका छन् । प्रत्येक हलमा ५०० देखि ७०० जना व्यक्ति अट्ने क्षमता भएको सञ्चालक कुँवरले बताउनुभयो । उहाँले उक्त बैँकट हलमा पचास भन्दा बढी युवालाई रोजगार समेत दिनुभएको छ । “स्वदेशमै केही गर्नुपर्छ भनेर विदेशमा सिकेको ज्ञान र सीपलाई स्वदेशमै प्रयोग गरौँ भनेर बैँकट हल सञ्चालनमा ल्याएका हौँ,” उहाँले भन्नुभयो ।

    कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष ख्यामराज तिवारीले पछिल्लो समय राष्ट्रिय बसपार्क व्यवस्थित र सुन्दर बन्दै गएको बताउनुभयो । उहाँले उक्त बसपार्क सञ्चालनका लागि महानगरपालिका कटिवद्ध भएर लागेको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा नयाँ बसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउदेश्यीय प्रालिका अध्यक्ष इन्जिनीयर दिपक कुँवरले नेपालमा केही गर्न सकिँदैन भन्ने भाष्यलाई चिर्नका लागि युवा व्यवासायी आकृतिले पार्टी प्यालेस सञ्चालन गरेर दर्जनौ युवालाई रोजगारी प्रदान गरेको बताउनुभयो ।

    कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री शंकर भण्डारी, मुख्यसचिव एकनारायरण अर्याल, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री बहादुर सिंह लामा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, बागतमी प्रदेशका सांसद रमेशकुमार महत, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलगायत उच्च पदस्थ अधिकारीहरुको सहभागीता रहेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ