Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल पर्वतारोहण संघमा माओवादी बिजयी, शेर्पा समूहले एनएमएको अधिकांश पदमा कब्जा जमायो


ग्लोबल पाना
आइतबार, भदौ ८ २०८२
  • 424
    SHARES

  • images
    नेपाल पर्वतारोहण संघमा माओवादी बिजयी, शेर्पा समूहले एनएमएको अधिकांश पदमा कब्जा जमायो

    काठमाडौैं । नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन् । माओवादीले समर्थन गरेको शेर्पाको समूहले बरिष्ठ उपाध्यक्ष र एक सदस्य बाहेका सबै पदमा जितेको छ । संघको शनिबार सम्पन्न निर्वाचनमा सत्तारुढ दल एमाले–कांग्रेससहित नेकपा एकीकृत समाजवादीले समर्थन गरेका कुलबहादुर गुरुङलाई पराजीत गर्दै शेर्पा बिजयी भएका छन् ।

    images
    images
    images

    शेर्पाको समूहलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)निकट पर्यटन व्यवसायीहरूले साथ दिएका थिए । शेर्पाले ३४२ मत ल्याएका छन् भने गुरुङले २८८ मत ल्याएका छन् । त्यस्तै, वरिष्ठ उपाध्यक्षदेखि महासचिव पनि शेर्पा समूहबाटै निर्वाचित भएका छन् । कोषाध्यक्षमा पनि बराबरी मत आएको छ । उनीहरूले कार्यकाल आधाआधा गर्ने सहमति भएको छ ।

    वरिष्ठ उपाध्यक्षमा शेर्पा समूहमा ईश्वर पौडेलले ३४५ मत ल्याएका छन् भने उनका प्रतिस्पधाईले २५८ मत ल्याएका छन् । प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पाले ३५९ ल्याएका छन् । उनका प्रतिस्पर्धी काजी शेर्पाले २५६ द्वितीय उपाध्यक्षमा बोधराज भण्डारीले ३६८ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धा धनबहादुर गुरुङले २३८ ल्याएका छन् । त्यसैगरी, महासचिवमा राजेन्द्रबहादुर लामा निर्वाचित भएका छन् । उनले ३१८ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी विमल नहर्कीले २०९ र अर्का प्रतिस्पर्धी शिव सापकोटाले ६८ मत ल्याएका छन् ।

    सचिवमा चन्दन थापाले ३५८ र उनका प्रतिस्पर्धी ङिमा दिकी शेर्पाले २४४ मत ल्याएकी छिन् । कोषाध्यक्षमा भने ङिमा नुर्बु शेर्पा र सुमी लामाले बराबारी ३०४ मत ल्याएका हुन् ।

    सदस्यमा माधवकुमार धमलाले २७८, केदार न्यौपानेले ३०२, थुप्देन शेर्पाले ३२६, गोकुल थापाले २८८, मुलाल गुरुङले ३५१, देण्डी शेर्पाले ३११, विक्रम कार्कीले ३०६, रिञ्जे शेर्पाले ३०१, देवेन्द्र डंगोलले २९५, दिकी शेर्पाले २८८ र निशा भोटेले ३०७ ल्याएर निर्वाचित भएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ