Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

दोलखा पोखरा मिलन समाजको अध्यक्षमा पुन धनबहादुर


ग्लोबल पाना
आइतबार, भदौ ८ २०८२
  • 1,097
    SHARES

  • images
    दोलखा पोखरा मिलन समाजको अध्यक्षमा पुन धनबहादुर

    पोखरा । दोलखा स्थायी घर भई पोखरालाई कर्मथलो बनाई पोखरामा  बसोबास गर्दै आउनु भएका सम्पूर्ण दोलखालीहरूको साझा संस्था दोलखा पोखरा मिलन समाजले आफ्नो १२ औं अधिवेशन तथा २४ औं साधारण सभाले धन बहादुर खड्काको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ।

    images
    images
    images

    नबगठित समितिको उपाध्यक्ष कमलबहादुर बस्नेत, सचिब  रामजी भण्डारी, कोषाध्यक्ष  महेन्द्रबहादुर जिरेल र सदस्यहरू देवकुमार श्रेष्ठ, शम्भु भण्डारी, गीता श्रेष्ठ, सुलोचना कार्की, अम्बिका भण्डारी रहनुभएको छ । बाकी दुई सदस्यहरू पछि मनोनीत हुने समाजका अध्यक्ष धन बहादुर खड्काले जानकारी दिनुभयो।

    अगुवा पर्यटन ब्यबसायी थ्री सिस्टर्स एड्भेन्चर्स ट्रेकिङकी कार्यकारी निर्देशक  लक्की कार्कीले सो कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो  अवसरमा तीज पर्वको शुभकामना व्यक्त गर्दै प्रमुख अतिथिले कार्कीले “तीज जस्ता सान्स्कृतिक महत्व बोकेका पर्बहरूलाइ महिला सशक्तिकरणका लागि प्रयोग गर्नुपर्ने उल्लेख गर्दै समानता र न्याय सृजना गर्न शुभकामना कार्यक्रम फलदायी समेत हुने अपेक्षा व्यक्त गर्नुभयो ।

    कार्यक्रममा  बालकृष्ण श्रेष्ठ, पेमडोमा शेर्पा, मानबहादुर थापा  तथा अर्घाखाँची सम्पर्क समाजका अध्यक्ष रामप्रसाद पौडेलले सहितले  शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

    संस्थाका अध्यक्ष धनबहादुर खड्काको अध्यक्षतामा सम्पन्न  सम्पन्न  कार्यक्रमका उक्त  संस्थामा रही निरन्तर सहयोग र सेवा गर्नु हुने  विभिन्न व्यक्तित्वलाई सम्मान तथा आजीवन सदस्यताको प्रमाणपत्र समेत वितरण गरिएको र तिजको अबशरमा शुभकामना आदान प्रदान सहित चेलीबेटी भेटघाट कार्यक्रम समेत सम्पन्न गरिएको सचिव रामजी भण्डारीले जानकारी दिनुभयो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ