Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

तीजले महिलाको सशक्तिकरण र सामाजिक एकता प्रवर्द्धन गरेको छ: मन्त्री खड्का


ग्लोबल पाना
सोमबार, भदौ ९ २०८२
  • 275
    SHARES

  • images
    तीजले महिलाको सशक्तिकरण र सामाजिक एकता प्रवर्द्धन गरेको छ: मन्त्री खड्का

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले तीज पर्वलाई आपसी भाइचाराको सम्बन्धलाई मजबुत बनाउने अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ। संखुवासभा–काठमाडौँ जर्नालिष्ट एशोसियशन (एसकाज)ले आज राजधानीमा आयोजना गरेको सामूहिक तीज कार्यक्रममा बोल्दै उहाँले तीजलाई अब केवल हिन्दू महिलाको चाड मात्र नभई सबै धर्म, संस्कृति र समुदायबीचको साझा उत्सवका रूपमा अंगिकार गर्नुपर्नेमा जोड दिनुभयो।

    images
    images
    images

    मन्त्री खड्काका अनुसार तीज पर्वले सामाजिक सहकार्य, आपसी सद्भाव र मानसिक–शारीरिक ताजगी प्रदान गर्दै आएको छ। उहाँले संखुवासभा प्राकृतिक, धार्मिक र सांस्कृतिक दृष्टिले धनी जिल्ला भएकाले त्यसको विकास र पहिचान प्रवर्द्धनमा सञ्चारकर्मीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो। कार्यक्रममा नेकपा एमालेका नेता एवम् पूर्वसांसद राजेन्द्र गौतमले तीजले महिलाको सशक्तिकरणमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै पछिल्लो समय यस पर्व व्यवसायिकतासँग पनि गाँसिँदै गएको बताउनुभयाे ।

    त्यसैगरी कोशी प्रदेशका पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले तीजलाई अब नेपाली हिन्दू महिलामात्रको पर्व नभई सबै धर्म र जातजातिले आत्मसात् गर्न थालेको साझा उत्सवको रूपमा विकास भइरहेको धारणा राख्नुभयो। नेपाली काँग्रेस नेतृ विनिता थापा खड्काले तीज पर्व महिलाबीचको हार्दिकता, एकता र सद्भाव विस्तार गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो।

    संघका अध्यक्ष शङ्कर खनालले संखुवासभाबाट काठमाडौँ आएका सञ्चारकर्मी तथा विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिबीच आपसी चिनजान र भेटघाटलाई प्रवर्द्धन गर्ने उद्देश्यले सामूहिक तीज कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ