Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

बर्दियामा माननीय अब्दुल खानद्वारा जनतासँग भेटघाट र विकास सम्बन्धी छलफल


ग्लोबल पाना
बिहीबार , भदौ १२ २०८२
  • 573
    SHARES

  • images
    बर्दियामा माननीय अब्दुल खानद्वारा जनतासँग भेटघाट र विकास सम्बन्धी छलफल

    बर्दिया । जनमत पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य माननीय अब्दुल खानले आज बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–९ का वडा अध्यक्ष वीरबहादुर थारूसहित वडा सदस्यहरू, सामाजिक अगुवा र विभिन्न राजनीतिक दलका प्रतिनिधिसँग बैठक गरी वडाको समग्र विकास र देशकै उन्नतिमा स्थानीयदेखि संघसम्मका प्रतिनिधि तथा जागरुक व्यक्तित्वहरूको भूमिकाबारे विस्तृत छलफल गर्नुभयो ।

    images
    images
    images

    उहाँले ग्याङग खोलाको कटान क्षेत्रको स्थलगत निरिक्षण गर्नुका साथै जिल्लाका विभिन्न स्थानमा घरदैलो पुगेर सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्नुभयो । समस्या र सम्भावित समाधानबारे जनतासँग छलफल गर्ने क्रममा उहाँले जनताको मुद्दा उठाउन जनमत पार्टी प्रतिबद्ध रहेको पुनः स्पष्ट पार्नुभयो ।

    कार्यक्रममा जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य हरपाल सिंह सिख, के.स. अनवर खान, जिल्ला अध्यक्ष राजेश यादव, जिल्ला प्रवक्ता राम दुलारे सोनकर, बढैयाताल गाउँपालिका अध्यक्ष लक्षु खटिकलगायतको उपस्थिति रहेको थियो ।

    माननीय खानले कार्यक्रममा सहयोग र साथ दिने सम्पूर्ण शुभचिन्तकप्रति आभार प्रकट गर्दै स्थानीय स्तरमा विकास र जनसेवाका लागि निरन्तर सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ