Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

क्यानभास बसन्त ऋतु स्कुल रानिबारिका विद्यार्थी मोनिश्री चन्द र गुरु रमिला खत्री अन्तराष्ट्रिय सम्मानित


ग्लोबल पाना
शुक्रबार, भदौ १३ २०८२
  • 325
    SHARES

  • images
    क्यानभास बसन्त ऋतु स्कुल रानिबारिका  विद्यार्थी मोनिश्री चन्द र गुरु रमिला खत्री अन्तराष्ट्रिय सम्मानित

    काठमाडौं । काठमाडौंस्थित क्यानभास बसन्त ऋतु स्कुलले पछिल्ला वर्षहरूमा शैक्षिक, खेलकुद तथा सह–शैक्षिक गतिविधिमा उल्लेखनीय प्रगति हासिल गर्दै आफ्नो अलग पहिचान बनाउन सफल भएको छ । विद्यालयका विद्यार्थी र शिक्षक–गुरुहरूले अन्तर्राष्ट्रिय स्तरसम्म सम्मान पाउनु यसको ठुलो उपलब्धि बनेको छ ।

    images
    images
    images

    अन्तर्राष्ट्रिय सम्मान हालै विद्यालयकी कक्षा ५ की विद्यार्थी मोनिश्री चन्द र Morning Shift मा कार्यरत तेक्वान्दो गुरु रमिला खत्री दुवैजना अन्तर्राष्ट्रिय सम्मानबाट विभूषित भए। मोनिश्री चन्दलाई उत्कृष्ट तेक्वान्दो खेलाडी र उत्कृष्ट नृत्याङ्गना विधा 2025 बाट काठमाडौंमा आयोजित साउथ एशियन बिजनेस पार्टनरसीप समिटका अवसरमा सम्मानित गरिएको हो ।

    सो सम्मान समारोह आभा फाउन्डेसन नेपालले आयोजना गरेको थियो। ८ वर्षकै उमेरमा भारतमा सम्पन्न सातौं एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रथम भई स्वर्णपदक जितेकी मोनिश्रीले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा दर्जनौँ पदक जितेर विद्यालय, रुकुम जिल्ला र सम्पूर्ण देशलाई गौरवान्वित बनाउँदै आएकी छिन् ।

    यसैगरी, विद्यालयकी तेक्वान्दो गुरु रमिला खत्री पनि अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै विद्यालयको प्रतिष्ठा थप उच्च बनाएकी छिन् । विद्यालय परिवारले दुवैजना प्रतिभाशाली व्यक्तित्वलाई हार्दिक बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट योगदानको अपेक्षा गरेको छ । जिल्ला स्तरीय तेक्वान्दोमा सात पदक विद्यालयले यतिबेला जिल्ला स्तरको खेलमा पनि उच्च सफलता पाएको छ ।

    प्रथम यन्सुव काठमाडौं जिल्ला स्तरीय जुनियर तेक्वान्दो प्रतियोगिता २०८२ साउन ३१ गते सम्पन्न हुँदा विद्यालयका विद्यार्थीहरूले गेरोगी र पुम्से तर्फ गरी ७ पदक जित्न सफल भए ।

    गेरोगी तर्फ विजेता विद्यार्थीहरू :

    सरोजनी साहु — प्रथम

    अरोमा कायस्था —तृतीय

    प्रवेश लिम्बू — तृतीय

    पुम्से तर्फ विजेता विद्यार्थीहरू :

    सुलभ खड्गी — प्रथम

    रिया श्रेष्ठ — प्रथम

    दिस्मा राई — प्रथम

    सरोजनी साहु — प्रथम

    विद्यालय प्रशासनले विजयी विद्यार्थीहरूलाई बधाई दिंदै भविष्यमा अझ उत्कृष्ट सफलता हासिल गर्ने अपेक्षा व्यक्त गरेको छ । विद्यालयको उद्देश्य र विशेषता क्यानभास बसन्त ऋतु स्कुलले सुरुदेखि नै गुणस्तरीय शिक्षा, खेलकुद, कला–संस्कृति र व्यक्तित्व विकासमा जोड दिएको छ ।

    विद्यालयले विद्यार्थीहरूलाई शिक्षा मात्र होइन, सिर्जनशीलता, खेलकुद, नेतृत्व र सामाजिक उत्तरदायित्वमा पनि सक्षम बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    विद्यालयका विशेषताहरू :

    समग्र शिक्षण पद्धति : पुस्तक मात्र होइन, प्रायोगिक शिक्षामा पनि जोड ।

    खेलकुद प्रोत्साहन : तेक्वान्दो, फुटबल, क्रिकेट, एथलेटिक्स लगायत विभिन्न खेलकुद गतिविधि ।

    सह–शैक्षिक कार्यक्रम : नृत्य, संगीत, कला, साहित्यिक प्रतियोगिता, वादविवाद आदि

    सामाजिक उत्तरदायित्व : स्थानीय समुदायसँग सहकार्य गर्दै स्वास्थ्य शिविर, सामाजिक सचेतना कार्यक्रम ।

    विद्यार्थी–केन्द्रित शिक्षा : व्यक्तिगत प्रतिभा अनुसार प्रोत्साहन र मार्गदर्शन। शैक्षिक उपलब्धिसँगै खेलकुद र संस्कृतिमा पनि निरन्तर उचाइमा पुगेको क्यानभास बसन्त ऋतु स्कुल आज अभिभावक र विद्यार्थीको पहिलो रोजाइ बन्न सफल भएको छ ।

    विद्यालयले निकट भविष्यमा अझै धेरै अन्तर्राष्ट्रिय स्तरका सफलता र सम्मान देशमा ल्याउने विश्वास व्यक्त गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ