Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

कालिका माध्यमिक विद्यालयमा १ दिने नि:शुल्क दन्त शिविर सम्पन


ग्लोबल पाना
शनिबार, भदौ १४ २०८२
  • 409
    SHARES

  • images
    कालिका माध्यमिक विद्यालयमा १ दिने नि:शुल्क दन्त शिविर सम्पन

    १४९ जनाले पाए दन्त परिक्षण, जेष्ठ नागरिकदेखि विद्यार्थीसम्म लाभान्वित

    काठमाडौं । पौवाखाल–१, कोट्याङ तिनपिप्लेस्थित कालिका माध्यमिक विद्यालयमा विद्यालय र ॐ समाज डेण्टल अस्पताल, काठमाडौंको सहकार्यमा आयोजित १ दिने नि:शुल्क दन्त शिविर शनिबार सफलतापूर्वक सम्पन्न भएको छ।।

    images
    images
    images

    शिविरमा १४९ जनाले दन्त परीक्षण गराएका थिए। तीमध्ये १७ जनाको दाँत निकालिएको, ३३ जनाको दाँत सफा गरिएको तथा बाँकीलाई परामर्श र औषधि वितरण गरिएको आयोजकहरूले जानकारी दिएका छन् । सहभागीमध्ये सबैभन्दा जेष्ठ ७९ वर्षीय नागरिक रहेका थिए ।

    स्वास्थ्य सेवा प्रदान गर्ने टोलीमा डा. सलोन बिष्ट, डा. आसिका न्यौपाने, डा. ममता जैसवाल तथा सहायक जुनु पण्डित सक्रिय थिए ।

    कार्यक्रमको समन्वय तथा सम्पूर्ण व्यवस्थापन सामाजिक अभियन्ता तथा पत्रकार राजन थापाले गरेका थिए भने राष्ट्रिय खेलाडी एवं पत्रकार समीर लामा र युवा व्यवसायी नवीन लामा सहजिकरणमा संलग्न थिए । शिविरमा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जय बहादुर तामाङले समीर लामा लगायतको टोलीलाई धन्यवाद ज्ञापन गर्दै भने, “जुन सहकार्य आज ॐ समाज डेण्टल अस्पताललाई हाम्रो वडामा भित्र्याउन मद्दत गर्नु भएको छ, यसका लागि हामी आभारी छौँ ।”

    प्रधानाध्यापक रमेश कुमार यादवले विद्यालयले आगामी दिनमा पनि यस्ता सामुदायिक तथा स्वास्थ्य–सम्बन्धी कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ