Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

विद्यार्थीमा पठन संस्कृतिको विस्तार नगरपालिकाको लक्ष्य : भक्तपुर नगरप्रमुख प्रजापति


ग्लोबल पाना
सोमबार, भदौ १६ २०८२
  • 371
    SHARES

  • images
    विद्यार्थीमा पठन संस्कृतिको विस्तार नगरपालिकाको लक्ष्य : भक्तपुर नगरप्रमुख प्रजापति

    भक्तपुर । भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिले विद्यार्थीमा पठन संस्कृतिको विकासलाई प्राथमिकता दिँदै नगरपालिकाले पुस्तकालयको व्यवस्थापनलाई निरन्तर अघि बढाइरहेको बताएका छन् ।

    images
    images
    images

    अठारौँ पुस्तकालय दिवसका अवसरमा भक्तपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सभापति प्रजापतिले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले पुस्तकालय र वाचनालय सञ्चालनको अधिकार पालिकालाई दिएको उल्लेख गर्दै, नगरका पुस्तकालय तथा वाचनालयको अभिलेख संकलन गरी आवश्यकताअनुसार सुधार र व्यवस्थापन गर्ने कार्य भइरहेको जानकारी दिए ।

    उनले पुस्तकालय दिवसलाई नियमित रूपमा मनाउँदै आएकोमा यसले विद्यार्थीलाई पुस्तकप्रतिको रुचि बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

    सोही कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले पुस्तक आफैँमा एउटा इतिहास भएको उल्लेख गर्दै अध्ययनविना बौद्धिक प्रगति असम्भव हुने धारणा राखे । नेपालमा विसं २०६५ देखि प्रत्येक वर्ष भदौ १५ गते पुस्तकालय दिवस मनाइँदै आएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ