Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

सुदूरपश्चिमको समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य जरुरी : मुख्यमन्त्री शाह


ग्लोबल पाना
आइतबार, भदौ १५ २०८२
  • 180
    SHARES

  • images
    सुदूरपश्चिमको समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य जरुरी : मुख्यमन्त्री शाह

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समृद्धिका लागि निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘सुदूरपश्चिम प्रदेशको समृद्धिका लागि लगानी प्रवद्र्धन गर्ने सन्दर्भमा निजी क्षेत्रको भूमिका’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रसँगको सहकार्यमार्फत लगानीको अनुकूल वातावरण बनाउनुपर्नेमा जोड दिए ।

    images
    images
    images

    मुख्यमन्त्री शाहले भने, ‘मुलुकको समग्र आर्थिक उन्नति र प्रगतिको प्रक्रिया सुदूरपश्चिमसँग पनि जोडिएको छ। यस्तो प्रक्रियामा तपाईं र हामी कसरी जोडिन सक्छौं भन्ने सन्दर्भमा हामी निजी क्षेत्रको बीचमा आएका हौं।’ उनले सुदूरपश्चिमको विकासका लागि व्यक्तिगत, सामाजिक र लगानीका माध्यमबाट निजी क्षेत्रसँग सहकार्य गरिने बताए ।

    मुख्यमन्त्री शाहले सुदूरपश्चिममा लगानीको वातावरण निर्माण गर्न सकिने विश्वास व्यक्त गर्दै देशभित्र र बाहिर रहेका सम्पूर्ण लगानीकर्ता र व्यवसायीलाई सँगै जोड्नुपर्ने बताए। उनले भने, ‘सुदूरपश्चिमको विकास र निजी क्षेत्रको लगानी जोड्न चाहान्छौं। हामी लगानीको वातावरण निर्माण गर्न सक्छौं। सुरुमा मुलुकभित्र रहेका र मुलुक बाहिर रहेका जति पनि लगानीकर्ता र व्यवसायीक साथिहरु हुनुहुन्छ तिनीहरु सबैलाई जोडेर लान चाहान्छौं ।’

    यसैगरी कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले पनि सुदूरपश्चिम प्रदेशमा लगानीको सम्भावना उल्लेखनीय रहेको धारणा राखे। उनले भने, ‘पानी र लगानी एउटै प्रकृतिका हुन्छन्, जता ओरालो त्यतै बग्ने। यदि लगानी अनुकूल वातावरण निर्माण गर्यौं भने सरकारले नआऊ भने पनि लगानी आफैं आउनेछ ।’

    कार्यक्रममा उपस्थित अन्य उद्योगी–व्यवसायीहरुले पनि सुदूरपश्चिममा पूर्वाधार विकास, नीतिगत स्पष्टता र लगानीमैत्री वातावरण निर्माण गर्न सुझाव दिएका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ