Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

सुदूरपश्चिममा लगानीको सम्भावना उच्च : अध्यक्ष अग्रवाल


ग्लोबल पाना
आइतबार, भदौ १५ २०८२
  • 273
    SHARES

  • images
    सुदूरपश्चिममा लगानीको सम्भावना उच्च : अध्यक्ष अग्रवाल

    काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सुदूरपश्चिम प्रदेशमा लगानीको उल्लेखनीय सम्भावना रहेको बताएका छन् ।

    images
    images
    images

    आइतबार काठमाडौंमा आयोजित ‘सुदूरपश्चिम प्रदेशको समृद्धिका लागि लगानी प्रवद्र्धन गर्ने सन्दर्भमा निजी क्षेत्रको भूमिका’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले भने, “पानी र लगानी एउटै प्रकृतिका हुन्छन्, जता ओरालो त्यतै बग्ने ।

    लगानीमैत्री वातावरण निर्माण गर्‍यौं भने सरकारले नआऊ भने पनि लगानी आफैं आउँछ ।” उनका अनुसार प्रदेशको समृद्धिका लागि पूर्वाधार विकास, नीतिगत स्पष्टता र निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिनुपर्नेछ ।

    कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाहलगायत उद्योगी–व्यवसायीहरूले पनि लगानी वातावरण निर्माणका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ