काठमाडौं । प्रसंसा संरक्षण समूहका अध्यक्ष हरि प्रसाद अवस्थी को सक्रिय नेतृत्व र समन्वयमा सुदुर पश्चिम कलाकार समाजको सहकार्यमा गौरा पर्व २०८२ सभ्य एवं भव्य रूपमा सम्पन्न भएको छ ।
अध्यक्ष अवस्थीले पर्वलाई ऐतिहासिक र प्रभावशाली बनाउन महत्वपूर्ण पहल गरेका थिए । उक्त अवसरमा महिला समाज, बुद्धिजीवी समाज, कला समाज, युवा समाज लगायतका सबै संस्कृति प्रेमी दिदी–बहिनी तथा दाजु–भाइहरूले पनि पर्वलाई विशेष बनाए ।
अवस्थीले आफ्नो धन्यवाद सन्देशमा सहभागी सबैलाई आभार व्यक्त गर्दै भने, “यस पवित्र महान पर्वलाई ऐतिहासिक बनाउनमा योगदान पुर्याउनु भएका सबैलाई हाम्रो हार्दिक धन्यवाद। आगामी दिनमा पनि संस्कृति संरक्षण, संवर्धन र प्रवर्धनमा हामी सबैको सहभागिता रहिरहोस् ।”
कार्यक्रममा गेट वे माध्यमिक विद्यालय पेप्सिकोल र एल आर आई विद्यालय कलंकीले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने विभिन्न जिल्ला समाजहरूले झाँकीसहित सांस्कृतिक नृत्य प्रदर्शन गरेर कार्यक्रमलाई रङ्गीन र जीवन्त बनाएका थिए ।
गौरा पर्व संचालनका लागि टुडिखेल उपलब्ध गराउने नेपाली सेना, अथक सहयोग पुर्याउने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलप्रति अवस्थीले आभार प्रकट गरेका छन् । प्रसंसा संरक्षण समूहका अध्यक्षको नेतृत्वमा सम्पन्न यो पर्वले सुदुर पश्चिमको सांस्कृतिक सम्पदा काठमाण्डौमा अझ प्रभावकारी रूपमा प्रस्तुत गर्ने महत्वपूर्ण उदाहरण कायम गरेको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


