ललितपुर । ॐ समाज डेण्टल हस्पिटलले आफ्नो पाँचौँ शाखा ललितपुरको चापागाउँ दोबाटोमा स्थापना गरेको छ । राजधानीका चावेल, नैकाप, बनस्थली र महोत्तरीको बर्दिबासमा शाखा सञ्चालन गर्दै आएको यस अस्पतालले अब ललितपुरवासीलाई पनि नजिकैबाट गुणस्तरीय दन्त सेवा उपलब्ध गराउने भएको हो ।
उद्घाटन समारोहमा उपस्थित वरिष्ठ कलाकार रविन्द्र खड्काले स्वास्थ्य सेवा नै सबैभन्दा ठूलो मानव सेवा भएको उल्लेख गर्दै ॐ समाजले सुरु गरेको अभियान समाजलाई सशक्त बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले भने, आजको युगमा स्वास्थ्य सेवा सबैभन्दा जरुरी आवश्यकता हो । ॐ समाजले सुरु गरेको यस्तो कामले जनतालाई राहत मात्र होइन, सचेतना र भरोसा पनि दिन्छ ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार मोहन निरौलाले ॐ समाज डेण्टल हस्पिटलले जनस्वास्थ्य क्षेत्रमा खेलेको भूमिका प्रशंसनीय रहेको भन्दै ललितपुरमा शाखा स्थापना हुनु स्थानीयका लागि वरदान भएको बताए ।
यस अवसरमा अस्पतालका डा. सुवास घिमिरेले हस्पिटल खोल्नुको उद्देश्य उपचार मात्र नभई समाजलाई सकारात्मक सोचमार्फत बदल्ने रहेको बताए । उनका अनुसार नियमित योग, अनुशासन, आत्म–हेरचाह र खानपानमै स्वस्थ जीवनको आधार लुकेको छ ।
समारोहको सम्पूर्ण व्यवस्थापन सामाजिक अभियन्ता तथा पत्रकार राजन थापाले गरेका थिए । उनी यस संस्थाका बोर्ड सदस्य पनि हुन् र लामो समयदेखि समाजसेवा तथा स्वास्थ्य क्षेत्रमा सक्रिय छन् । थापाले स्वास्थ्य सेवा सबैका लागि पहुँचयोग्य बनाउन ॐ समाज निरन्तर प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा २० जना पत्रकार र ५ जना सामाजिक अभियानतालाई विशेष सम्मान प्रदान गरिएको थियो भने निःशुल्क दन्त स्वास्थ्य परीक्षण पनि गरिएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


