Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

होटल व्यवसायलाई उत्पादनमूलक उद्योगसरह सुविधा दिन सरकार लागि परेको छ: मन्त्री खड्का


ग्लोबल पाना
मंगलबार, भदौ १७ २०८२
  • 255
    SHARES

  • images
    होटल व्यवसायलाई उत्पादनमूलक उद्योगसरह सुविधा दिन सरकार लागि परेको छ: मन्त्री खड्का

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले होटल व्यवसाय पर्यटनसँग प्रत्यक्षरूपमा जोडिएको संवेदनशील क्षेत्र भएकाले यसलाई उत्पादनमुखी उद्योगको श्रेणीमा राखेर सुविधा दिने विषयमा सरकार लागि परेको बताउनु भएको छ । मंगलबार जिल्ला होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बरालसहितको टोलीले दिएको ध्यानाकर्षण पत्र बुझ्नुहुँदै ऊर्जामन्त्री खड्काले पर्यटन र होटल व्यवसाय देशको अर्थतन्त्रलाई टेवा दिने क्षेत्र भएकोले यसको प्रतिस्पर्धात्मक क्षमता बढाउनका लागि उत्पादनमूलक उद्योगसरह आवश्यक सहुलियत दिनेबारे सरकार सकारात्मक रहेको बताउनुभयो ।

    images
    images
    images

    संघले बुझाएको ज्ञापनपत्रमा होटल व्यवसाय निरन्तर घाटामा परिरहेको, सञ्चालन खर्च धान्न कठिन भइरहेको र विजुली महशुल उत्पादनमुखी उद्योगसरह छुटको व्यवस्था तत्काल आवश्यक रहेको उल्लेख गरिएको छ । संघका पदाधिकारीले पर्यटन क्षेत्रलाई राजश्व आर्जन गर्ने मात्र नभई विदेशी मुद्रा भित्र्याउने, रोजगारी सिर्जना गर्ने र नेपाल चिनाउने माध्यमका रूपमा समेत योगदान पुर्याएको बताउँदै होटललाई विशेष सुविधा दिनुपर्ने माग गरेका थिए। सरकारले सन् २०८२/८३ को बजेटमा होटल र रेस्टुरेन्टलाई उत्पादनमुखी उद्योगसरह मान्यता दिँदै विद्युत् महशुलमा छुटको व्यवस्था गर्ने घोषणा गरे पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको संघको गुनासो छ ।

    संघका पदाधिकारीले बजेट कार्यान्वयनमा ढिलासुस्तीका कारण व्यवसाय थप संकटमा परेको भन्दै तत्काल निर्णय गर्न आग्रह गरेका छन्। संघका अध्यक्ष सुरेश बरालले हालको आर्थिक मन्दी र निराशाजनक व्यवसायिक अवस्थाबीच होटल व्यवसायीलाई विजुली महशुल छुटले ठूलो राहत दिने विश्वास व्यक्त गरेका थिए ।

    उपाध्यक्ष कुमार श्रेष्ठ, उपमहासचिव शिवलाल गिरी, सचिवालय सदस्य खेमराज उप्रेती, होटल तथा पर्यटन व्यवसायी बागमती प्रदेशका सचिवालय सदस्य सन्जिब श्रेष्ठ लगायतको संयुक्त टोलीले मन्त्री खड्कालाई भेटगरी ध्यानाकर्षण गराउनु भएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ