Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

दोहामा आयोजित Voice of Qatar मा नेपाली प्रतिभा अहना गुरुङकाे उत्कृष्ट सफलता


ग्लोबल पाना
बिहीबार , भदौ १९ २०८२
  • 280
    SHARES

  • images
    दोहामा आयोजित Voice of Qatar मा नेपाली प्रतिभा अहना गुरुङकाे उत्कृष्ट सफलता

    दोहा । अन्तर्राष्ट्रिय स्तरमा आयोजित Voice of Qatar गायन प्रतिस्पर्धामा नेपाली प्रतिभा अहना गुरुङले उल्लेखनीय सफलता हासिल गरेकी छिन् । उनले Senior Category मा First Runner-Up तथा Best Performer Award दुवै जित्दै नेपालीको गौरव उच्च बनाएकी हुन् ।

    images
    images
    images

    प्रतियोगितामा करिब चार सय प्रतिस्पर्धीले अडिसन दिएका थिए । प्रारम्भिक छनोटपछि ८० जना क्वाटरफाइनल, त्यहाँबाट ३० जना सेमिफाइनल र अन्ततः १० जना (५ एड्ल्ट र ५ जुनियर) मात्र फाइनलमा पुगेका थिए । फाइनलमा अहनाले दमदार प्रस्तुति दिँदै निर्णायक तथा दर्शक सबैको मन जितिन् ।

    कार्यक्रममा बलिउडकी चर्चित गायिका मधुश्री र संगीतकार रवि बादल निर्णायक मण्डलीमा रहेका थिए । साथै भारत, इक्वाडोर, कोस्टारिकाका राजदूतहरू, कतारका मन्त्रीहरू तथा अन्तर्राष्ट्रिय स्तरका उच्च पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो । Voice of Qatar को आयोजना रेडियो ओलिभले गरेको हो ।

    Sheraton Grand Hotel Doha मा सम्पन्न भव्य कार्यक्रमलाई प्रत्यक्ष प्रशारणसमेत गरिएको थियो । अहना यसअघि पनि चर्चित नेपाली गीत “नेपालकी छोरी बोल” मा स्वर दिइसकेकी छन् । अन्तर्राष्ट्रिय स्तरमा प्राप्त यस सफलताले नेपाली सांगीतिक प्रतिभा विश्वभर स्थापित भइरहेकाे प्रमाणित गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ