Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

योगदान राष्ट्रको लागि समितिद्वारा हाडिगाउँमा स्वास्थ्य शिविर सम्पन्न


ग्लोबल पाना
शनिबार, भदौ २१ २०८२
  • 906
    SHARES

  • images
    योगदान राष्ट्रको लागि समितिद्वारा हाडिगाउँमा स्वास्थ्य  शिविर सम्पन्न

    काठमाडौं । शनिबार चाबहिल र हाडिगाउँमा दुईवटा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएका छन्। दन्त उपचारदेखि सामान्य स्वास्थ्य परीक्षणसम्मका सेवाबाट करिब ३५० भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन्। ३५० भन्दा बढी लाभान्वित, आयोजक संस्थाहरूको निरन्तरता दिने प्रतिबद्धता “प्राथमिक उपचार, हाम्रो सरोकार” भन्ने नारासहित योगदान राष्ट्रको लागि (Contribution For Nation) काठमाडौं महानगरपालिका समितिले हाडिगाउँ, गैह्रापोखरीमा शिविर आयोजना गरेको हो ।

    images
    images
    images

    दिउँसो २ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन भएको शिविरमा ॐ समाज डेन्टल अस्पतालले दन्त उपचार तथा नेपाल भारत मैत्री अस्पताल (Teaching College) ले सामान्य स्वास्थ्य परीक्षण सेवा दिएका थिए। लायन्स क्लब–ॐ समाज डेन्टलको संयुक्त पहल यसैदिन लायन्स क्लब अफ इन्द्र अन्नपूर्ण र ॐ समाज डेन्टल अस्पतालले चाबहिल र हाडिगाउँमा अर्को शिविर सञ्चालन गरे ।

    नेपाल भारत मैत्री अस्पताल र नेपाल चेस्ट सेन्टरको सहकार्यमा आयोजित शिविरमार्फत १४२ जनाको दन्त परीक्षण र करिब २०० जनाको सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो। वरिष्ठ शिविर प्रमुख धन घिमिरेले “एकै दिन दुई स्थानमा शिविर सञ्चालन गर्नु ठूलो उपलब्धि” भएको बताए। नेपाल भारत मैत्री अस्पतालका डा. बिबेक पाण्डेले सामाजिक अभियन्ता तथा पत्रकार राजन थापासँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    सामाजिक अभियन्ता राजन थापाले समुदायमै पुगेर निःशुल्क सेवा दिन पाउनु गर्वको कुरा भएको बताए। कार्यक्रममा शर्मा मोबाइल हाउस, चाबहिलका एक कर्मचारीले पहिलो पटक रक्तदान गरेर थप योगदान दिएका थिए। दुवै शिविरमार्फत सयौं नागरिक लाभान्वित भएका छन्। आयोजक संस्थाहरूले स्वास्थ्य सचेतना र निःशुल्क सेवा विस्तारलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ