काठमाडौं । काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन–जी पुस्ताद्वारा भएको प्रदर्शन र देशको समसामयिक अवस्थालाई मध्यनजर गर्दै नेकपा (माओवादी केन्द्र) का उपलब्ध पदाधिकारीहरूको आकस्मिक बैठक भिमसेन थापा गाउँपालिका–३, टारिफाटमा बसेको छ।
बैठकले जारी जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गर्दै भोलि काठमाडौंमा पूर्ण पदाधिकारी बैठक आह्वान गर्ने निर्णय गरेको छ। जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दु:खद घटनाले स्तब्ध र गम्भीर बनाएको बैठकले जनाएको छ। प्रहरीको गोली लागी मृत्यु भएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ।
त्यसैगरी, बैठकले जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्काल हटाउने र भ्रष्टाचारविरुद्धका मागहरू सम्बोधन गर्ने विषयलाई अत्यावश्यक ठहर गर्दै, स्थिति थप बिग्रिन नदिन सरकारलाई जिम्मेवारीपूर्वक ठोस कदम चाल्न आग्रह गरेको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


