काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री लेखकले राजीनामा दिने घोषणा गरेका हुन् । त्यसो त आजै बसेको कांग्रेस पदाधिकारी बैठकमा गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिने जानकारी समेत गराएका थिए ।
गृहमन्त्री लेखकले क्याबिनेट बैठकमा राजीनामा दिने पार्टीलाई जानकारी गराएको कांग्रेसका एक पदाधिकारीले लोकपथलाई जानकारी दिए । जेनजी समूहले आज दिउँसो काठमाडौंसहित देशभर विरोध प्रदर्शन गरेका थिए ।
सो क्रममा १९ जनाको मृत्यु भइसकेको छ भने ३५० हाराहारीमा घाइते भएका छन् । प्रहरीले जेनजीमाथि निर्मम प्रहार गरेको भन्दै गृहमन्त्री लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचना भइरहेको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


