Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

ग्राण्डी अस्पतालले आन्दोलनका घाइतेको निःशुल्क उपचार गर्ने


ग्लोबल पाना
सोमबार, भदौ २३ २०८२
  • 365
    SHARES

  • images
    ग्राण्डी अस्पतालले आन्दोलनका घाइतेको निःशुल्क उपचार गर्ने

    काठमाडौँ, २३ भदौ ।  काठमाडौँको धापासीमा सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले जेनजी आन्दोलनका क्रममा घाइते भएकाको निःशुल्क उपचार गर्ने भएको छ । ग्राण्डीले आज एक विज्ञप्ती जारी गरी देशमा भएको विषम परिस्थिती र सरकारी अस्पतालमा घाइतेको चाप बढ्दो क्रममा रहेको भन्दै आन्दोलनका घाइतेको निःशुल्क उपचार गर्ने जानकारी दिएको हो ।

    images
    images
    images

    अस्पतालले आन्दोलनका क्रममा जीवन गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दे घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । उक्त आन्दोलनमा परेर १९ जनाले ज्यान गुमाएका छन् भने सयौँ व्यक्ति घाइते भएका छन् । ग्राण्डीले आन्दोलनका क्रममा घाइते भएका विरामीको निःशुल्क उपचार र रगत उपलब्ध गराउने समेत बताएको छ ।

    ग्राण्डी अस्पतालको आफ्नै सुविधासम्पन्न रक्तसञ्चार केन्द्रसमेत सञ्चालनमा रहेको छ । विस २०६९ मा स्थापना भएको उक्त अस्पतालले २०० शैयामार्फत विरामीलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ