Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

GEN-Z आन्दोलनमाथि भएको दमन अमानवीय र दण्डनीय छ, सरकार अबिलम्ब बहिर्गमन गर्नुपर्छ : डा. केदारनरसिंह केसी


ग्लोबल पाना
सोमबार, भदौ २३ २०८२
  • 392
    SHARES

  • images
    GEN-Z आन्दोलनमाथि भएको दमन अमानवीय र दण्डनीय छ, सरकार अबिलम्ब बहिर्गमन गर्नुपर्छ : डा. केदारनरसिंह केसी

    काठमाडौं । सोमबार जेनजी पुस्ताले देशव्यापी रूपमा सञ्चालन गरेको आन्दोलनमा सरकारी दमन हुँदा ठूलो मानवीय क्षति भएको छ । राजधानी काठमाडौंमा मात्र कम्तीमा २१ प्रदर्शनकारीको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्। घटनापछि गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिएका छन् ।

    images
    images
    images

    शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गरेको गोली प्रहारलगायतका दमनका कारण स्थिति नियन्त्रण बाहिर गएपछि काठमाडौंसहित विभिन्न जिल्लामा प्रशासनले संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । यसैबीच नेपाली कांग्रेसका नेता तथा चिकित्सक डा. केदार नरसिंह केसीले सामाजिक सञ्जालमार्फत घटनाप्रति गहिरो दुःख प्रकट गर्दै वर्तमान सरकारको तत्कालीन बहिर्गमनको माग गरेका छन् । दोषीमाथि कडा कारबाही हुनुपर्नेमा समेत उनले जोड दिएका छन् । आफू चिकित्सकहरू एकजनाको ज्यान जोगाउन दिनरात खट्ने गरेको भएपनि २० जनाको निधन हुनु दुखद रहेको केसीले बताएका छन् ।

    डा. केदार नरसिंह केसीको फेसबुक स्टाटस:

    “आजको GEN-Z आन्दोलनमा भ्रष्टचार नियन्त्रण, रोजगारीको व्यवस्थापन, नेपाली जनताको करको दुरुपयोग नहोस्, रोजगारीको व्यवस्था होस् भन्ने मागसहित सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध अन्त्य होस्। बिधिविहिनता विरूद्ध निहत्था नयाँ युवा पुस्ताको प्रदर्शनमा काठमाडौंको बानेश्वरलगायत देशका विभिन्न भागमा भएको आन्दोलन हिंसात्मक बन्नु निन्दनीय मात्र होइन खेदपूर्ण छ ।

    हामी चिकित्सक एक जना बिरामी बचाउन रातदिन खटिएका छौँ तर आज प्रहरीले देखाएको बर्बरताको दृश्य खेदपूर्ण मात्र नभई दण्डनीय छ । गोलिप्रहारले कम्तीमा २० जना युवाको ज्यान गएको छ भने २०० भन्दा बढी घाइते भएका छन् र कैयौँ घाइते जीवन-मरणको दोसाधमा छन् ।

    लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुनै सक्दैन तर लोकतान्त्रिक व्यवस्थाले अधिनायकवादको शैली अपनाउन कदापि हुँदैन। तसर्थ वर्तमान सरकारले अबिलम्ब बहिर्गमन गर्नुपर्छ र दोषीमाथि कडा कारबाही गर्नुपर्छ ।”

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ