काठमाडौं । GEN-Z आन्दोलनलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गरेको दमनप्रति नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष तथा Past President Club Nepal का अध्यक्ष डा. केदार नरसिंह केसीले कडा आपत्ति जनाएका छन् ।
भ्रष्टाचार नियन्त्रण, रोजगारीको व्यवस्थापन, जनताको करको दुरुपयोग रोकथाम र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध अन्त्य गर्ने मागसहित राजधानीसहित देशका विभिन्न भागमा नयाँ पुस्ताले गरेको शान्तिपूर्ण प्रदर्शन हिंसात्मक बन्नु खेदजनक रहेको उनले बताएका छन् ।
डा. केसीका अनुसार प्रहरीको गोली प्रहारमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् । तीमध्ये धेरैजना जीवन–मरणको दोसाधमा रहेको जानकारी पनि उनले दिएका छन् । “हामी चिकित्सकहरू एकजना बिरामी बचाउन रातदिन खटिएका हुन्छौँ तर प्रहरीले देखाएको बरबरता केवल खेदजनक मात्र नभई दण्डनीय छ,” डा. केसीले भने ।
लोकतन्त्रको विकल्प कुनै अर्को व्यवस्था हुन नसक्ने भन्दै उनले लोकतान्त्रिक व्यवस्थाले अधिनायकवादी शैली कदापि अपनाउन नहुनेमा जोड दिएका छन् । उनले वर्तमान सरकारले तत्काल राजीनामा दिएर दोषीमाथि कडासे कडाको कारबाही गर्नुपर्ने माग पनि गरेका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


