काठमाडौं । काठमाडौंस्थित सर्वोच्च अदालतमा मंगलबार प्रदर्शनकारीहरूले आगजनी गरेपछि भवन अझैसम्म जलिरहेको छ। बुधबार बिहानसम्म पनि आगो नियन्त्रणमा आउन सकेको छैन र अदालत परिसरबाट बाक्लो धुँवाको मुस्लो छुटिरहेको छ ।
बिहानैदेखि कर्मचारीहरू शोकमग्न मुद्रामा अदालत परिसर वरिपरि उभिएका देखिन्थे । उनीहरूले अब दमकलले पनि खासै भूमिका खेल्न नसक्ने अवस्था भएको बताए। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार करिब ६० हजार मुद्दाका फाइल जलेर नष्ट भइसकेका छन् । उनका अनुसार अझै पनि मिसिलहरू जलिरहेका छन् ।
कोइरालाले भने, “एनेक्स भवन अझै सुरक्षित छ, त्यहाँ महत्वपूर्ण कागजात र फैसला भइसकेका अभिलेखहरू छन् । सकेसम्म त्यसलाई जोगाउन आवश्यक पहल गर्नुपर्छ ।” चौथो तलामा रहेको सूचना प्रविधि महाशाखामा समेत आगलागीले क्षति पुर्याएको र केही फैसलाहरू नष्ट भएको जानकारी आएको छ ।
कर्मचारीहरूले सुरक्षा गर्ने वा आगो नियन्त्रण गर्ने कुनै माध्यम बाँकी नरहेको दाबी गर्दै कम्तिमा एनेक्स भवनको अभिलेख सुरक्षित राख्न अपिल गरेका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


