Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नियन्त्रणबाहिर सिंहदरबारको आगो, गृह र ऊर्जा मन्त्रालय पूर्ण नष्ट


ग्लोबल पाना
बुधबार, भदौ २५ २०८२
  • 220
    SHARES

  • images
    नियन्त्रणबाहिर सिंहदरबारको आगो, गृह र ऊर्जा मन्त्रालय पूर्ण नष्ट

    काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार पछिल्लो १८ घण्टायता लगातार जलेको जस्तै छ। नेपाली सेनाको फायर ब्रिगेडले ४० पटकभन्दा बढी पानी हालिसके पनि आगो नियन्त्रणमा लिन सकिएको छैन ।

    images
    images
    images

    सिंहदरबारमा खटिएका एक सेनाका अधिकारीले भने, “दमकल बेलुकैदेखि खटिएको छ, ४० पटक पानी भरेर ल्याएर हालिसकेका छौं तर आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।” मंगलबार दिउँसोदेखि सुरु भएको आगजनीपछि सिंहदरबार खण्डहरमा परिणत भएको छ ।

    अहिले पनि मूल भवनको पश्चिमी भागबाट बाक्लो धुँवाको मुस्लो छुटिरहेको छ । आगोले गृह मन्त्रालय र ऊर्जा मन्त्रालय पूर्ण रूपमा जलेर नष्ट भएका छन् । साथै, अर्थ मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र र शिक्षा मन्त्रालयमा समेत ठूलो क्षति पुगेको छ। सिंहदरबारभित्र रहेका २० वटा मन्त्रालयमध्ये केही थोरै भवन मात्र प्रयोग गर्न मिल्ने अवस्थामा बाँकी रहेका छन् ।

    यसैगरी, रामशाहपथस्थित सर्वोच्च अदालत परिसरमा पनि आगोले ठूलो क्षति पुर्‍याएको छ । सर्वोच्च भवनमा अहिलेसम्म धुँवाको मुस्लो छुट्ने क्रम जारी छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ