जेन जी आन्दोलनप्रति डा. जगदिश्वर नरसिंह केसीको वक्तव्य :
सर्वप्रथम देशको विधमान चुनौती पुर्ण परिस्थितिमा यहि २३ र २४ गते भएको जे एन जिको आन्दोलनमा आफ्नो अमुल्य ज्यान गुमाउनु हुने सम्पुर्णमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। साथै घाईते सम्पुर्णको शिघ्र स्वास्थलाभको कामना व्यक्त गर्दछु ।
आजभन्दा २० वर्ष पहिले निरंकुश राजतन्त्रको अन्त्यका साथै देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएको १९ दिने जनाअन्दोलनमा गोङ्गबु क्षेत्रको कमान्डरको हैसियतले आन्दोलनको मुल मर्म बुझेको छु भन्ने लाग्दछ। त्यहि आन्दोलनको बलमा निर्मित संविधानमा टेकेर निर्माण भएको आजसम्मको सरकारले जनउतरदायि भएर कार्य गर्न नसकेको पनि हामिले स्वीकार गरेकै हौ । दिनदिनै बढ्दै गएको भ्रष्टाचार,महङ्गि,बेरोजगार आदि समस्याका कारण देशमा बस्न नसक्ने स्थितिमा हाम्रा लाखौ युवाहरु विदेशिईरहेको पिडामा अहिलेका जे एन जि युवाहरु प्रातडित भएको कुरा मेरो आफ्नै घरमा भएका यहाँहरु जस्तै छोराछोरिको वर्तमान अवस्था प्रतिको वितृष्णाबाट पनि बुझेको नै छु ।
यहाँहरुले उठाउनुभएको प्रत्येक माग अहिलेको युगमा सान्दर्भिक नै छ।यो पुरा हुनैपर्छ भन्नेमा मेरो व्यक्तिगत तथा हाम्रो पार्टीको एकमत रहेको छ। उक्त माग प्राप्तको निमित यहाँहरुले गर्नुभएको शान्तिपुर्ण आन्दोलनमा सरकार पक्षबाट जुन दमन भई यहाँहरुको कैयन साथिभाई हताहात का साथै असंख्य साथिभाई घाइते भएको घटना अत्यन्तै निन्दनीय छ। आफ्ना साथिभाईको त्यस अवस्था पस्चात यहाँहरुको संघर्षको कार्यक्रममा तपाईहरुको आवरणमा जुन अराजक गतिविधि भैइ खर्बौको सरकारी तथा व्यक्तिगत सम्पति नष्ट भएको कुरा अहिले छर्लङ्ग छ।देशलाई जोगाउने आन्दोलन भनेर सुरु भएको कुरा हिंसा, आगजनी, लुटपाट र अराजकतामा परिणत भयो। नेताले लुटे भनेर सडकमा उत्रिएकाले पनि १ दिनमै देश खरानी बनाइदिए ।
सरकारी भवन मात्र होइन, निजी सम्पत्ति, बैंक, होटल, धरोहर जलाइए, निर्दोष मारे, महिलामाथि असभ्य व्यवहार भयो । यस्तो व्यवहारले भ्रष्टाचार अन्त्य होइन, अरू स्वार्थी समूहको रोटी सेक्ने काम मात्रै भयो । विगतमा माओवादी जनयुद्धले २० औं वर्ष पछि धकेलिएको हाम्रो देश यहाँहरुको आवरणमा भएको अराजक समुहको हिंस्रक कार्यले त्यो खाडल पुर्न ३० औं वर्ष लाग्ने निस्चिय छ । यहाँहरुको आवरणमा भएको हिंस्रक कार्यको ईतिहासले मुल्यांकन गर्ने नै छ। प्रिय जे एन जि छोराछोरीहरु, देशका पुर्व प्रधानमन्त्री साथै सबैभन्दा ठुला दलका सभापति जसले आज हामीले निर्धक्क बोल्न पाउने समय निर्माणको निमित आफ्नो सम्पुर्ण जिवन खर्च गर्यो, जस्ले त्यसबखत आफ्नो जिब्रोमा लगाईएको करेन्टका कारण आफ्नो स्पस्ट बोल्ने शक्ति गुमायो, जो कानुनी राज्यको पक्षमा २३ गते रातिसम्म यहाँहरुप्रति भएको दमनको विरुद्धमा लड्दै थियो उसैलाई नै कुटपिट र धरपकड सहित घरबाट निकालि उहाँ लगायत लोकतन्त्रका निमित आफ्नो जिवन व्यतित गरेका सम्पुर्णको घरमा जुन लुट्पाट र आगजनी भयो यो ज्यादै निन्दनीय छ ।
प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो साथीहरू ! यहाँहरुलाई हार्दिक बधाई छ अब देश यहाँहरुको मार्गमा चल्नेछ। हामि यहाँहरुलाई पुर्ण रुपमा सहयोग गर्नेछौं ।यहाँहरुले सन्चालन गरेको राज्यमा, यहाँहरुले अवलम्बन गर्नुभएको नितिमा कोहि कसैले, कुनै वर्गले पनि यहाँ हरुले भोगेको जस्तै पिडा भोग्न नपरोस् यो हाम्रो पनि सपना हो । आन्दोलनमा भएका हत्या,हिंसा राज्य तथा व्यक्तिगत सम्पति माथिको लुटपाट, आगजनीमा संलग्न सबैलाई कानुनि दायरामा ल्याई यहाँहरुको कार्य प्रारम्भ होस् ।
कसैको घर नलुटियोस, कोहि नकुटियोस सबैले जिवन जिउन पाउने अधिकारको सुनिश्चित होस। विगतका पुस्ताले गरेको गल्ति यो जे एन जि पुस्ताले कहिले नदोहोर्याओस। अन्तमा नेपाली कांग्रेसका साथिहरु लाइ धैर्यताका साथ संयमित रहन हार्दिक आग्रह गर्द्छु साथै आबश्यक पर्दा लोकतन्त्रको संरक्षण का लागी तयार रहन अपिल गर्दछु ।
लोकतन्त्र निर्विकल्प हो ! जय नेपाल !
जगदिश्वर नरसिंह केसी
२६ भाद्र २०८२, बुधबार
.gif)




 x 450 (H) Global Pana.jpeg)


