काठमाडौं । जेएनजि आन्दोलनका क्रममा आफ्नो अमुल्य जीवन गुमाउने सबैको मृत आत्माको चिरशान्तिको कामना गर्दै, सामाजिक अभियन्ता जगदिश्वर नरसिह केसीले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, शोकमा रहेकाहरूमा गहिरो समवेदन व्यक्त गरेका छन् ।
केसीले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको नयाँ मन्त्रीपरिषदलाई निम्न कार्यहरू सम्झनुपर्नेमा जोड दिएका छन्:
१. जेएनजि आन्दोलनको क्रममा राज्यपक्षबाट भएको दमनको निस्पक्ष र शक्तिशाली छानबिन आयोग मार्फत अनुसन्धान गरी सत्यतथ्य जनता माझ ल्याउनु ।
२. शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी लुटपाट र व्यक्तित्व तथा सार्वजनिक सम्पत्ति (राष्ट्रपति निवास, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, अख्तियार, सुरक्षा निकायका कार्यालय आदि) क्षति पुर्याउनेहरूलाई कठोर कारबाहीको दायरामा ल्याउनु ।
३. आजसम्मको चर्चित भ्रष्टाचार काण्डहरूलाई शक्तिशाली र निस्पक्ष छानबिन आयोगमार्फत कारबाहीको दायरामा ल्याउनु ।
४. ५०० र १००० रुपैयाँका नोट तुरुन्त बन्देज गर्ने, र भ्रष्टाचारबाट कमाएको सम्पत्ति बिलिन गराउने ।
५. विदेशी बैंकमा रहेको सम्पूर्ण पैसा स्वदेश फर्काएर विकासमा लगानी गर्ने, सम्पत्ति कसको नाममा छ भन्ने सार्वजनिक गर्ने ।
भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गरी विदेशमा लुकाइएका कालो धन स्वदेश फिर्ता गराउनु पहिलो जिम्मेवारी रहेको केसीले बताए । केसीले थपे, “लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो ।
लोकतन्त्रमाथि कुनै खतरा स्वीकार्य छैन, र आगामी सरकारले लोकतन्त्रमाथिको कुनै पनि खतरालाई आत्मसात गर्नु हुँदैन ।”
.gif)




 x 450 (H) Global Pana.jpeg)


