Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

ग्राहकमा खुशी बाँड्दै सञ्चालक तथा समाजसेवी धरेलको ‘दशैँ–तिहार झटका अफर’: थाइल्यान्ड भ्रमणदेखि आकर्षक उपहारसम्म


ग्लोबल पाना
बिहीबार , असोज २ २०८२
  • 289
    SHARES

  • images
    ग्राहकमा खुशी बाँड्दै सञ्चालक तथा समाजसेवी धरेलको ‘दशैँ–तिहार झटका अफर’: थाइल्यान्ड भ्रमणदेखि आकर्षक उपहारसम्म

    काठमाडौं । दशैँ–तिहारलाई लक्षित गर्दै नेपालकै अग्रणी सोफा तथा गृहसज्जा उत्पादन गर्ने संस्था सोफा हब काठमाडौंले उपभोक्तालाई आकर्षित गर्ने गरी विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीले सुरु गरेको ‘दशैँ–तिहार झटका अफर’ मार्फत ग्राहकले विदेश भ्रमणदेखि हात खाली नजाने विभिन्न उपहार पाउने अवसर प्राप्त गर्नेछन् ।

    images
    images
    images

    सोफा वा अन्य फर्निचरका सामान खरिद गर्ने ग्राहक मध्ये १० जना भाग्यशालीले निःशुल्क थाइल्यान्ड भ्रमण पाउनेछन् भने अरूले पनि विभिन्न आकर्षक उपहार प्राप्त गर्नेछन् । साथै, सबै ग्राहकलाई छुट, ग्यारेन्टी तथा निःशुल्क सेवा सुविधासमेत उपलब्ध गराइनेछ । सोफा हब काठमाडौंले ल्याएको अफर अन्तर्गत १० जना भाग्यशाली ग्राहकलाई चिठ्ठामार्फत थाइल्यान्ड भ्रमण गर्ने अवसर प्रदान गरिनेछ । कम्पनीले यो योजनाले दशैँ–तिहारलाई अझ रमाइलो र स्मरणीय बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेको छ । थाइल्यान्ड भ्रमणको अवसरलाई कम्पनीले आफ्नो ‘ग्राहकलाई सम्मान गर्ने नीति’ को हिस्सा भनेको छ । गुणस्तरीय उत्पादन खरिदसँगै विदेशी यात्रा गर्ने अवसर पाउनु उपभोक्ताका लागि अभूतपूर्व अनुभव हुने कम्पनीको दाबी छ ।

    ग्राहकलाई हात खाली नहोस् भन्ने उद्देश्यले यसपालि ‘Scratch Card योजना’ ल्याइएको छ । ३५ हजार रुपैयाँको सोफा खरिद गर्दा सोही मूल्य बराबरको फ्रिज उपहार दिइनेछ । त्यस्तै, Scratch कार्ड मार्फत फ्रिज, बिजुलीको केतली, भात पकाउने भाँडो, हिटर, तातो–चिसो दुवै पानी राख्ने बोतल लगायतका उपहार जित्ने अवसर पनि ग्राहकलाई हुनेछ । यस योजनाले सामान्य खरिदलाई विशेष बनाउन सहयोग गर्ने कम्पनीको भनाइ छ ।

    सोफा हब काठमाडौंलाई टिकटक, फेसबुक, इन्स्टाग्राम तथा युट्युब जस्ता सामाजिक सञ्जालमा पछ्याउने मध्य एक जना भाग्यशाली विजेताले रु. ६५ हजार बराबरको सोफा निःशुल्क प्राप्त गर्नेछन् । कम्पनीले यस योजनामार्फत सामाजिक सञ्जालमा आफ्ना ग्राहकसँग अझ नजिक हुने र ग्राहकलाई प्रत्यक्ष लाभ पुर्‍याउने उद्देश्य राखेको जनाएको छ । दशैँ–तिहार अवधिभर कम्पनीले ग्राहकलाई थप आकर्षक सुविधा दिने घोषणा गरेको छ। नेपालभर निःशुल्क सामान पुर्‍याउने व्यवस्था, सोफा तथा फर्निचरका सामग्रीमा ५० प्रतिशतसम्म छुट, खरिद गरिएका उत्पादनमा २० वर्षसम्मको ग्यारेन्टी, र ग्यारेन्टी अवधिभित्र समस्या देखिएमा सोफा मर्मत वा प्रतिस्थापन सुविधा कम्पनीले उपलब्ध गराउने दाबी गरेको छ । हाल सोफा हब काठमाडौंका नेपालभर १० वटा शाखा सञ्चालनमा रहेका छन् ।

    कम्पनीले ग्राहकलाई आधिकारिक शाखाबाट मात्र खरिद गर्न अनुरोध गरेको छ । सबै शाखामा एउटै चिन्ह प्रयोग भएको भए पनि चितवन शाखामा चिन्ह केही फरक छ । त्यसैले ठगीबाट जोगिन चिन्ह अनिवार्य रूपमा जाँच गर्न कम्पनीले सचेतनामूलक सन्देश दिँदै आएको छ ।

    नेपालकै विश्वासिलो ब्रान्ड स्थापना कालदेखि नै गुणस्तरीय सामग्री, दीर्घकालीन टिकाउपन, आधुनिक डिजाइन र उत्कृष्ट ग्राहक सेवाका कारण सोफा हब काठमाडौं उपभोक्तामाझ विश्वासिलो ब्रान्ड बनेको छ । देशभर हजारौँ ग्राहकलाई सेवा प्रदान गर्दै आएको यस कम्पनीले उत्पादनमा प्रयोग हुने कच्चा पदार्थदेखि लिएर डिजाइन र मर्मतसम्म उच्चतम मापदण्ड पालना गर्दै आएको जनाएको छ ।

    कम्पनीका सञ्चालक तथा समाजसेवी तारालाल धरेल का अनुसार, यसपटकको ‘दशैँ–तिहार झटका अफर’ उपभोक्तामुखी योजनामध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो तथा आकर्षक योजना हो । धरेलको यो पहलले उपभोक्तामा मात्र होइन, समाजमा पनि खुशी र उत्साहको तरङ्ग फैलाउनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ