Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

जेनएक्सवाईको संयुक्त श्रद्धाञ्जली कार्यक्रम: जेन जी आन्दोलनका शहीदहरूप्रति सम्मान


ग्लोबल पाना
बिहीबार , असोज २ २०८२
  • 727
    SHARES

  • images
    जेनएक्सवाईको संयुक्त श्रद्धाञ्जली कार्यक्रम: जेन जी आन्दोलनका शहीदहरूप्रति सम्मान

    काठमाडौं । संयुक्त राजनैतिक पहल जेनएक्सवाईले काठमाडौँको बबरमहलमा जेन जी आन्दोलन २०८२ मा शहादत प्राप्त गरेका सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शहीदका परिवारजन, नातेदार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । जेन जी आन्दोलनका शहीदहरूलाई समर्पित दीप प्रज्वलन कार्यक्रममा "शहीदको बलिदानले सबैलाई अग्रगमनतर्फ प्रेरणा प्रदान गरोस्" भन्ने सन्देश बोकेको ब्यानर प्रदर्शन गरिएको थियो ।

    images
    images
    images

    यो कार्यक्रम जेन जी, जेन एक्स र जेन वाई (जेनेरेसन एक्स: १९६५–१९८० मा जन्मिएका, २०२५ मा ४५–६० वर्ष उमेर; जेनेरेसन वाई (मिलेनियल्स): १९८१–१९९६ मा जन्मिएका, २०२५ मा २९–४४ वर्ष उमेर; जेनेरेसन जेड: १९९७–२०१२ मा जन्मिएका, २०२५ मा १३–२८ वर्ष उमेर) समूहको संयुक्त आयोजनामा सम्पन्न भएको अभियानकर्मी आरके ढुंगानाले बताए ।

    श्रद्धाञ्जली सभामा योजना तथा अर्थविद् जनकराज शाहले जेन जी आन्दोलनको मर्मलाई आत्मसात गर्दै ती मागहरू पूरा गर्न तीनवटै पुस्ताले एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। त्यस्तै, सामाजिक अभियन्ता इन्द्रराज भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र स्थायी सरकारको पक्षमा आगामी कार्यदिशा तय गर्नुपर्ने कुरामा जोड दिए । बालअधिकार अभियन्ता बम बानियाँले बालबालिकाको आवाजलाई सम्बोधन गर्नुको साटो पूर्व सरकारले त्यसलाई दबाएको र अब यो मुद्दालाई सम्बोधन गर्न सबैले कटिबद्ध भएर लाग्नुपर्ने बताए ।

    यस्तै, राष्ट्रिय युवा गैसस महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष समेत रहेका अधिवक्ता एवं युवा अभियन्ता शशि शर्मा मजगैयाँले जेन जीले अपेक्षा गरेको नतिजा अझै प्राप्त नभएको र नागरिक खबरदारीको आवश्यकता रहेको औंल्याए । कार्यक्रममा तीनवटै पुस्ताका २५० भन्दा बढी सहभागीहरूले शहीदहरूको सम्मानमा ऐक्यबद्धता जनाएका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ