Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

एनआरएनए क्यालिफोर्निया : कार्यभार हस्तान्तरणसँगै कुल प्रसाद ढकाल (केपी)ले सम्हाले नेतृत्व


ग्लोबल पाना
बिहीबार , असोज २ २०८२
  • 1,802
    SHARES

  • images
    एनआरएनए क्यालिफोर्निया : कार्यभार हस्तान्तरणसँगै कुल प्रसाद ढकाल (केपी)ले सम्हाले नेतृत्व

    क्यालिफोर्निया । एनआरएनए (NRNA) क्यालिफोर्निया च्याप्टरको नयाँ नेतृत्वलाई विशेष समारोहबीच औपचारिक रूपमा कार्यभार हस्तान्तरण गरिएको छ । गीता बजगाईंको सभापतित्वमा सम्पन्न समारोहमा नव–निर्वाचित अध्यक्ष कुल प्रसाद ढकाल (के.पी) ले पदभार ग्रहण गर्दै समुदायको एकता र सहकार्यलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    images
    images
    images

    समारोहलाई एनआरएनए केन्द्रका प्रतिनिधि सन्तोष पहरी, प्रदीप चौलागाई, करिना कुँवर, संसार चौलागाई, हेम ठकुल्ला र राजु शाह लगायतको उपस्थितिाले अझ भव्य र अर्थपूर्ण बनाएको अध्यक्ष ढकालले बताए । उनले विशेष धन्यवादका साथ शुजित सिंह, विनोद पुन मगर र राज शर्माको योगदानलाई पनि स्मरण गरे ।

    कार्यक्रममा निवर्तमान कार्यसमितिकी महिला सचिव सुशीला खनालले स्वागत मन्तव्य दिएकी थिइन् । कार्यक्रममा क्यालिफोर्नियाका विभिन्न संघ–संस्था, बुद्धिजीवी, समाजसेवी तथा एनआरएन समुदायका अग्रजहरूको उल्लेखनीय सहभागिता रहेको थियो । अनुपस्थित रहँदा पनि शुभेच्छा प्रकट गर्नेहरूप्रति अध्यक्ष ढकालले आभार व्यक्त गरे । “अब नयाँ यात्रामा, तपाईं सबैसँग हातेमालो गर्दै हाम्रो समुदायलाई एकताबद्ध बनाउने मेरो प्रयत्न रहिरहनेछ,” भन्दै अध्यक्ष ढकालले भावी कार्ययोजनाबारे प्रष्ट पारे ।

    पूर्व उपाध्यक्ष गीता बजगाईंको कुशल नेतृत्व र पूर्व पदाधिकारीहरूको निरन्तर योगदान बिना यो हस्तान्तरण सम्भव नहुने स्मरण गर्दै उनले सबैप्रति कृतज्ञता व्यक्त गरिन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ