Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

छायानाथ रारा नगरपालिकामा स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम


ग्लोबल पाना
बिहीबार , माघ ५ २०७९
  • 310
    SHARES

  • images
    छायानाथ रारा नगरपालिकामा स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम

    मुगु । नेपाल नेत्र ज्योति संघ मुगुले छायानाथ रारा नगरपालिका-१ देखि १४ वडामा कार्यरत ४७ जना महिला स्वास्थ्य स्वयंसेविका, हेल्थ पोष्ट इन्चार्ज र विद्यालयका प्रधानाध्यापकहरूलाई अभिमुखिकरण गरेको छ ।

    images
    images
    images

    मानव जीवनको महत्वपूर्ण ज्ञानेन्द्रिय अंग आँखा, कानसम्बन्धी क्षेत्रमा काम गर्दै आईरहेको संघले महिला स्वास्थ्य स्वयंसेविकाको समाजमा महत्वपूर्ण भुमिका रहने भएकाले एक दिने आँखा, कानलगायत विषयमा ज्ञान दिन अन्तरक्रिया आयोजना गरेको हो ।

    युनिसेफ नेपालको आर्थिक सहयोग, विश्व शिक्षाको प्राविधिक सहयोग, किर्डाक नेपाल र नेपाल नेत्र ज्योति संघको सयुक्त साझेदारीमा नगरपालिका तथा गाउँपालिकाको सहकार्यमा सन्चालित समाबेशी प्रारम्भिक कक्षा सिकाइ कार्यक्रमअन्तर्गत कक्षा १ देखि ३ कक्षासम्मका बालबालिकाको आँखा तथा कान परीक्षणसम्बन्धी महिला स्वास्थ्य स्वयंसेविका र हेल्थ पोष्टका इन्चार्जहरूलाई एक दिने अभिमुखिकरण गरिएको विश्व शिक्षाका फिल्ड अधिकृत केसर डिसिले बताए ।

    उनका अनुसार यस नगरपालिका माताहत सञ्चालन भएका हेपो इन्चार्जहरूलाई पनि एक दिने अभिमुखिकरण गरिएको बताए । विशेष गरेर हेपो इन्चार्जहरूलाई ग्रामिण भेगमा रहेका बिरामीहरूको आँखा, कानको परीक्षण, चेकजाँज गर्ने जिम्मेवारी हुन्छ । आधिकारीक रुपमा बिरामीको पहिचान गरी सम्बन्धित ठाउँमा सिफारिस गर्ने हुनले ईन्चार्जहरुलाई अभिमुखिकरण गरिएको संघका केन्द्रिय उपाध्यक्ष तिलकबहादुर मल्लले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ