बारा । ‘जेन-जी’ आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ । नेपाली कांग्रेस बाराको आयोजनामा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो । जिल्लाको सदरमुकाम कलैयाको भरत चौकमा दीप प्रज्वलन गरिएको नेपाली कांग्रेस बाराको जिल्ला सभापति राजेश राय यादवले जानकारी दिनुभयो ।
सो क्रममा मौनधारण समेत गरिएको थियाे । उक्त अवसरमा बोल्दै जिल्ला सभापति यादवले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस्तो दुःखद घटनाले समाजलाई गहिरो चोट पुर्याएको बताउनुभयो । उहाँले यस्ता घटना दोहोरिन नदिन राज्य संयमित र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले लोकतन्त्रमा अभिव्यक्तिको स्वतन्त्रता मौलिक अधिकार भएकोले विरोध र असहमति जनाउने अधिकारप्रति सम्मानजनक व्यवहार गरिनुपर्ने बताउनुभयो । भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा कम्तिमा ७३ जनाको ज्यान गएको छ ।
उपस्थितहरूले आन्दोलनमा निधन भएकाहरूको बलिदानलाई स्मरण गर्दै लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर आवाज उठाइरहने प्रतिबद्धता जनाए ।
श्रद्धाञ्जली अर्पण कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


