Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

पत्रकार राजीव खत्रीलाई मन्त्री बनाउन जेनजी युवाहरूको माग


ग्लोबल पाना
आइतबार, असोज ५ २०८२
  • 311
    SHARES

  • images
    पत्रकार राजीव खत्रीलाई मन्त्री बनाउन जेनजी युवाहरूको माग

    काठमाडौं । पत्रकार राजीव खत्रीलाई मन्त्री बनाउन जेनजी आन्दोलनमा सहभागी युवाहरूले माग गरेका छन् । News 24 टेलिभिजनमा कार्यरत खत्री जेनजी युवाहरूको मागप्रति स्पष्ट धारणा राख्ने भएकाले उनी युवाहरूको रोजाइमा परेका हुन् ।

    images
    images
    images

    जेनजी आन्दोलनका एजेन्डाहरुमा सञ्चारकर्मी खत्री खुलेर बोल्ने र लेख्ने गर्दछन् । प्रदेश खारेज गर्नुपर्ने, स्थानीय तहको निर्वाचन गैरदलीय हिसाबले हुनुपर्ने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने एजेन्डामा खुलेर समर्थन गर्दै आएका छन् ।

    यही स्पष्ट दृष्टिकोणका कारण युवाहरूले उनलाई सञ्चारमन्त्रीका लागि उपयुक्त उम्मेदवारको रूपमा अगाडि सारेका हुन् । स्पष्ट दृष्टिकोण राख्ने भएका कारण खत्री एमाले नेताहरूको निशानामा समेत परेका छन्। केही दिनअघि नेता महेश बस्नेतले उनलाई धम्की दिएको घटना सार्वजनिक भएको थियो ।

    हमासद्वारा बन्धक बनाइएका नेपाली नागरिक बिपिन जोशीको रिहाइका लागि पनि खत्रीले सञ्चारकर्मीको तर्फबाट सक्रिय पहल गरिरहेका छन् । मन्त्रीहरूको नाममा धेरैको चर्चा भएपनि प्रधानमन्त्री सुशीला कार्कीले अन्तिम निर्णय भने गरिसक्नुभएको छैन ।

    सञ्चारमाध्यमा विभिन्न नामहरू अगाडि आएको भए पनि उनीहरूको प्रोफाइल हेरेर भोलिसम्ममा मन्त्रिमण्डल विस्तारको सम्भावना रहेको बताइएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ