काठमाडौं । काठमाडौँ महानगरपालिकाले आमाछोदिङ्मो गाउँपालिका अन्तर्गत गतलाङ स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। काठमाडौँ महानगरले बिहीबार आमाछोदिङ्मो गाउँपालिकालाई अनुदानमा उक्त एम्बुलेन्स उपलब्ध गराएको हो ।
महानगरले आमाछोदिङ्मो गाउँपालिकालाई हस्तान्तरण गरेको एम्बुलेन्स गाउँपालिका अध्यक्ष बुचुङ तामाङले बुझ्नु भएको छ । गाउँपालिकालाई प्राप्त भएको एम्बुलेन्स गतलाङ स्वास्थ्य चौकीमार्फत सञ्चालन हुने छ ।
काठमाडौँ महानगरपालिकाले उपलब्ध गराएको एम्बुलेन्सले पालिकावासीलाई राहत पुग्ने अध्यक्ष तामाङको भनाइ छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


