Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नेपाली टिमले जित्यो कलिनेरी मलेसिया २०२५ मा कास्य पदक


ग्लोबल पाना
शुक्रबार, असोज १० २०८२
  • 454
    SHARES

  • images
    नेपाली टिमले जित्यो कलिनेरी मलेसिया २०२५ मा कास्य पदक

    मलेसिया । क्लालालम्पुरमा सेटेम्वर २३ देखि २६ मा सम्पन्न भएको एसियाको सबैभन्दा ठूलो र प्रतिष्ठित पाककला प्रतियोगिता 𝗖𝘂𝗹𝗶𝗻𝗮𝗶𝗿𝗲 𝗠𝗮𝗹𝗮𝘆𝘀𝗶𝗮 𝟮𝟬𝟮𝟱 मा नेपाली टिमले तेस्रो स्थान (कांस्य पदक) प्राप्त गरेको छ ।

    images
    images
    images

    एसियाको सबैभन्दा ठूलो र प्रतिष्ठित पाककला एंव खाद्य प्रदर्शनी, एक्स्पो कुलिनेरको रूपमा आयोजना भएको यस कार्यक्रममा ५० भन्दा बढी देशका झन्डै १५०० जना युवा सेफहरूले प्रत्यक्ष खाना पकाउने प्रतियोगितामा भाग लिएका थिए ।

    सेफ एसोसिएसन अफ नेपालको अगुवाइमा महासचिव पदम बहादुर आले मगरको नेतृत्वमा रहेको टोलीमा सनिल डंगोल,छत्र बहादुर थापामगर ,पदम बहादुर मगर रहनुभएको थियो । ग्रान्ड फिनालेमा अगानोमा सेकेको खुखुरा,बसारीमा पोलेको माछा ,योमरी जस्ता नेपाली परिकारहरूको चयनले निर्णायकहरूलाई प्रभावित पारे, जसले नेपालको पाककला सम्पदालाई विश्वव्यापी रूपमा चर्चामा ल्यायो ।

    प्रतियोगितामा नेपाली खानालाई परिचित गराएर नेपाल र नेपालीको शिर उचो बनाए । अबका दिनमा हामीले पनि नेपाली परिकार स्वादिष्ट र स्वस्थ्य मात्र होइन बिस्वसामु प्रतिश्पर्धा गर्न लायक पनि छन् भनि प्रमाणित गरेर देखाउन नेपाल सफल भएको छ ।

    ग्यास्ट्रोनोमिक सीप, कलात्मकता र नवीनताको उत्सवमा प्रतिस्पर्धा रहेको दक्षिणपूर्वी एसियाकै ठुलो पाककला प्रतियोगिताको नेपालको तर्फबाट पदम बहादुर आले मगर निर्णायकको भूमिका हुनुहुन्थ्यो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ