Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नेपालको रेष्टुराँ व्यवसायलाई डिजिटल रूपान्तरणतर्फ उन्मुख गर्ने ‘मBill’ सार्वजनिक


ग्लोबल पाना
शनिबार, असोज ११ २०८२
  • 500
    SHARES

  • images
    नेपालको रेष्टुराँ व्यवसायलाई डिजिटल रूपान्तरणतर्फ उन्मुख गर्ने ‘मBill’ सार्वजनिक

    काठमाडौं । नेपालको रेष्टुराँ उद्योग अहिले प्रविधि र नवप्रवर्तनतर्फ उन्मुख हुँदै गएको छ । यही क्रममा ‘थ्री जेनज ग्रुप अफ स्टार्टअप’ ले नेपाल टेक मार्केटको प्राविधिक मार्गदर्शनमा विकास गरेको ‘मBill (maBill)’— एक सम्पूर्ण रेष्टुराँ POS (प्वाइन्ट अफ सेल) र बिलिङ सफ्टवेयर सार्वजनिक गरिएको छ ।

    images
    images
    images

    ‘मBill’ केवल बिलिङ सफ्टवेयर मात्र नभई सम्पूर्ण रेष्टुराँ व्यवस्थापन समाधानको रूपमा प्रस्तुत गरिएको छ । यसले सजिलो बिलिङ, अर्डर तथा स्टक व्यवस्थापनदेखि लिएर अकाउन्टिङ र डिजिटल मेनु अद्यावधिक गर्नेसम्मका सुविधा प्रदान गर्नेछ । नेपाल टेक मार्केटका CEO तथा कम्प्युटर एशोसिएसन नेपाल महासंघ (CAN Federation) का वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले “मBill नेपालकै आतिथ्य व्यवसायलाई आधुनिक, किफायती र उपयोगी समाधान दिने महत्वपूर्ण पहल” भएको बताए ।

    CTO मंगल कृष्ण प्रधानको नेतृत्वमा तयार गरिएको सफ्टवेयरले प्रयोगकर्ता–मैत्री इन्टरफेस र वास्तविक–समय सेवामार्फत दक्षता बढाउने लक्ष्य लिएको छ । यस सफ्टवेयरमार्फत वेटरले मोबाइल एप प्रयोग गरेर टेबलमै अर्डर लिन सक्ने र सो अर्डर तुरुन्तै किचनमा पठाउन सकिने सुविधा उपलब्ध छ ।

    साथै, स्टक व्यवस्थापन प्रणालीले आपूर्ति–मागलाई सन्तुलनमा राख्न वास्तविक–समय सूचना दिनेछ । नेपाल टेक मार्केटले यस परियोजनालाई ‘स्थानीय रूपमा कार्य, विश्वव्यापी रूपमा सोच’ भन्ने दर्शनसहित अघि बढाएको जनाएको छ । विशेष पहलका रूपमा, थ्री जेनज ग्रुप अफ स्टार्टअपले यो सफ्टवेयरलाई एक वर्षसम्म निःशुल्क उपलब्ध गराउने र महिला तथा किशोरी उद्यमीहरूलाई ३० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

    संस्थापक अमी कट्टेलले “प्रविधिको पहुँचलाई सहज बनाउँदै महिलालाई व्यवसायमा सशक्त बनाउन यो पहल गरिएको” बताइन् । नेपालकै पहिलो सफ्टवेयर मार्केट एजेन्सीको रूपमा परिचित नेपाल टेक मार्केटले यसअघि पनि नवप्रवर्तन र व्यवसायबीचको दूरी घटाउने काम गर्दै आएको छ । ‘मBill’लाई व्यवसायिक समुदायले रेष्टुराँ उद्योगमा डिजिटल रूपान्तरणको उत्प्रेरकका रूपमा लिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ