बर्दिया । केही दिनअघि गुलरिया नगरपालिका–१२ टडवा गाउँमा बाघको आक्रमणमा परि एक महिलाको ज्यान गएको घटनापछि उनका परिवारलाई भेट्न पूर्वमन्त्री तथा स्वतन्त्र युवा नेता अब्दुल खान मृतकको घर पुगेका छन् । परिवारको अवस्था बुझी श्रद्धाञ्जली अर्पण गरेका खानले बर्दिया जिल्लामा बढ्दो वन्यजन्तु जोखिम नियन्त्रणका लागि सरकारलाई गम्भीर हुन आग्रह गरेका छन् ।
उनले विगतमा पनि सदन तथा सरकारलाई पटक–पटक सचेत गराइए पनि समस्यामा कुनै ठोस पहल नभएको उल्लेख गर्दै तत्काल कारवाही आवश्यक रहेको बताए । “बाघ लगायत जंगली जनावर नियन्त्रण गर्न ढिलासुस्ती अब सह्य छैन, बर्दियाबासीको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्छ,” नेता खानले भने ।
यसअघि पनि बर्दियामा बाघको आक्रमणबाट स्थानीयवासीले ज्यान गुमाउने घटना दोहोरिँदै आएको छ । स्थानीयले समेत तत्कालीन राहत, सुरक्षाका उपाय र दीर्घकालीन रणनीतिका लागि सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


