Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

सामाजिक एकतामार्फत समृद्ध नेपाल निर्माण सम्भव : पूर्वमन्त्री अब्दुल खान


ग्लोबल पाना
मंगलबार, असोज २१ २०८२
  • 627
    SHARES

  • images
    सामाजिक एकतामार्फत समृद्ध नेपाल निर्माण सम्भव : पूर्वमन्त्री अब्दुल खान

    बर्दिया । स्वतन्त्र युवा संजाल बर्दियाको संयोजनमा आयोजित "जनतासँग, प्रतिनिधिको हिसाबकिताब" कार्यक्रम बर्दियाको गुलरिया नगरपालिकाको जी.वि.स. सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा पूर्व मन्त्री माननीय अब्दुल खानज्यू प्रमुख आतिथ्यका रूपमा उपस्थित हुनु भयो भने बर्दियाका सचेत नागरिक, सामाजिक अगुवा तथा विभिन्न समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

    images
    images
    images

    कार्यक्रममा अब्दुल खानज्यूले संसद, मन्त्री र सभापतिका रूपमा कार्यरत रहँदा गरेका कामहरूको विस्तृत विवरण सार्वजनिक गर्नुभयो । बर्दियाको इतिहासमै पहिलो पटक कुनै जनप्रतिनिधिले आफ्नो कार्यकालको सम्पूर्ण लेखाजोखा जनतासमक्ष प्रस्तुत गरेको बर्दियाली नागरिकहरूले बताएका छन् ।

    थोरै मात्र ३२ महिना २० दिनको कार्यकालमा उहाँले बर्दियाको विकासका मुद्दा संसददेखि सरकारसम्म पुर्‍याउन कुनै कसर बाँकी नराखेको सामाजिक अगुवाहरूले सराहना गरेका छन् । विभिन्न संघसंस्था, अभियान तथा समुदायका अगुवाहरू — ब्राह्मण, लोध, वर्मा, मुस्लिम, यादव, थारू, दलित, पहाडी लगायत — ले अब्दुल खानज्यूले गरेका कार्यलाई प्रशंसनीय भन्दै उहाँप्रति विश्वास र आशा व्यक्त गरेका छन् ।

    कार्यक्रममा वक्ताहरूले सामाजिक एकता र पारदर्शी नेतृत्वमार्फत समृद्ध नेपाल निर्माण गर्न सकिने उल्लेख गर्दै युवा नेता अब्दुल खानज्यूको नेतृत्वलाई सकारात्मक दृष्टिले मूल्याङ्कन गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ