काठमाडौं । बारा र पर्सामा फैलिएको हैजा महामारी नियन्त्रण गर्न सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाका अनुसार पर्सा जिल्लामा असोज २६ गतेदेखि र बारा जिल्लामा असोज २८ गतेदेखि खोप अभियान सुरु हुनेछ ।
पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तहमा र बारा जिल्लाका ६ वटा स्थानीय तह — कलैया उपमहानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिकामा एक वर्षभन्दा माथिका व्यक्तिहरुलाई खोप दिइनेछ । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नं १२ को मुरली टोलमा भदौ ६ गते हैजा फैलिएको थियो ।
हाल पर्सा र बारा जिल्लामा कुल १ हजार ६८५ हैजाका बिरामी फेला परिसकेका छन् । महाशाखाका अनुसार खोप रोग तथा महामारी नियन्त्रणको प्रभावकारी उपाय हो, जसले खोप लगाएकामा करिब ८२ प्रतिशत रोग प्रतिरोधात्मक क्षमता विकास गराउँछ ।
हालैको वर्षा र बाढीका कारण ती क्षेत्रमा देखिएको उच्च जोखिमलाई मध्यनजर गर्दै खोप अभियान संचालन गर्न लागिएको हो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


