Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

संघलाई एकताबद्ध बनाउने कुरा गर्नेहरूबाट धेरै नाटक र अभिनय देखियो - पूर्व अध्यक्ष थापा


ग्लोबल पाना
शनिबार, असोज २५ २०८२
  • 382
    SHARES

  • images
    संघलाई एकताबद्ध बनाउने कुरा गर्नेहरूबाट धेरै नाटक र अभिनय देखियो - पूर्व अध्यक्ष  थापा

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्व अध्यक्ष रबिना थापाले संघको २२औं स्थापना दिवस तथा गैरआवासीय नेपाली दिवस (अक्टोबर ११) का अवसरमा एकता, पारदर्शिता र संस्थाको प्रतिष्ठा पुनर्स्थापनाको आह्वान गर्दै सशक्त अपिल गरेकी छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमार्फत जारी सन्देशमा उनले संघभित्र देखिएका आन्तरिक विवाद, स्वार्थी प्रवृत्ति र व्यक्तिगत पदलोभका कारण संस्थाको मूल उद्देश्य कमजोर बन्दै गएको बताएकी छन्। थापाले लेखेकी छन्, “संघलाई एकताबद्ध बनाउने कुरा गर्नेहरूबाट धेरै नाटक र अभिनय देखियो ।

    संस्थालाई कमजोर बनाउँदै लाखौं गैरआवासीय नेपालीहरूको अधिकारमाथि खेलबाड गर्नेहरूको युग अब अन्त्य हुनैपर्छ ।” उनले एनआरएनएलाई राजनीतिक प्रभाव र व्यक्तिगत स्वार्थबाट मुक्त राख्नुपर्ने आवश्यकता औंल्याउँदै भनिन्, “अब समय आएको छ — संस्थाको नाममा ‘मिलन’ भन्ने ढोंग गरेर पदका लागि लड्ने नाटकहरू बन्द गर्नुपर्छ । संस्था हाम्रो साझा घर हो, व्यक्तिगत सम्पत्ति होइन ।”

    थापाले एकताको पक्षमा आफू सधैं रहने बताउँदै, संस्थाको नाममा व्यक्तिगत स्वार्थ साध्नेहरूलाई सुधार वा उपचारको बाटो रोज्न सुझाव दिएकी छन् । उनले अन्त्यमा सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई एकताबद्ध भई संस्थाको प्रतिष्ठा, गौरव र विश्वसनीयता पुनर्स्थापित गर्न आह्वान गर्दै भनिन्, “हामी सबै मिलेर संस्थाको प्रतिष्ठा, एकता र गौरव पुनर्स्थापित गरौं । जय एनआरएन!”

    गैरआवासीय नेपाली दिवस विश्वभर रहेका नेपालीहरूले हरेक वर्ष अक्टोबर ११ का दिन मनाउँदै आएका छन् । यस वर्ष संघले आफ्नो २२औं स्थापना दिवस मनाइरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ