✍️ राजन थापा
काठमाडौं । ओम समाज डेण्टल अस्पतालले आफ्नो नयाँ शाखा सातदोबाटो–चापागाउँ दोबाटोमा सञ्चालनमा ल्याएको छ। “सडकदेखि सदनसम्मका मानिसका लागि गुणस्तरीय उपचार” भन्ने मूल नारासहित सेवा प्रदान गर्दै आएको यस अस्पतालले अब राजधानीको दक्षिणी भागमा समेत आफ्नो पहुँच विस्तार गरेको हो। अस्पतालका प्रमुख दन्त चिकित्सक डा. सुवास घिमिरेका अनुसार, नयाँ शाखामा अत्याधुनिक प्रविधियुक्त उपकरण, अनुभवी चिकित्सकहरूको टोली र सहज वातावरणमा सम्पूर्ण दन्त उपचार सेवाहरू उपलब्ध गराइनेछ।
नयाँ शाखा सातदोबाटो–चापागाउँ दोबाटोमा सञ्चालनमा, आधुनिक प्रविधियुक्त उपकरणसहित सेवा सुरु डा. घिमिरेले बताए अनुसार, “हामीले ओम समाज डेण्टललाई सबै वर्गका नागरिकले समान रूपले सेवा लिन सक्ने अब्बल र सुलभ अस्पतालको रूपमा अघि बढाएका छौँ। हामी दन्त स्वास्थ्यलाई केवल उपचार होइन, आत्मविश्वास र जीवनशैलीसँग जोडिएको विषयका रूपमा लिन्छौँ।” अस्पतालले भदौदेखि दशैं–तिहार अवधिभर संपूर्ण सेवामा ५० प्रतिशत छुट उपलब्ध गराएको छ, जसले धेरै बिरामीहरूलाई गुणस्तरीय उपचारमा पहुँच बढाएको छ।
ओम समाज डेण्टल अस्पतालले विगतका वर्षहरूमा विभिन्न विद्यालय, सामुदायिक संस्था र क्लबहरूसँग सहकार्य गर्दै नि:शुल्क दन्त स्वास्थ्य शिविरहरू आयोजना गर्दै आएको छ। यसले समाजका बालबालिका, अभिभावक र वृद्धहरूमा मौखिक स्वास्थ्यप्रतिको चेतना विस्तारमा उल्लेखनीय योगदान पुर्याएको छ।
डा. सुवास घिमिरे नेतृत्वको टोलीले अब सातदोबाटो शाखामार्फत अझ सुलभ, आधुनिक र दयालु सेवाको प्रतिबद्धता जनाउँदै भनिएको छ —सडकदेखि सदनसम्मका लागि उपचार गर्ने ओम समाज डेण्टल अस्पताल: “हाम्रो उद्देश्य सबैका लागि उज्यालो मुस्कान र स्वस्थ जीवन हो।”
.gif)




 x 450 (H) Global Pana.jpeg)


